अधिकारकर्मी भुमिका श्रेष्ठले भनिन् ‘मलाई कालेकाले केटा मनपर्छ’

अधिकारकर्मी भुमिका श्रेष्ठले भनिन् ‘मलाई कालेकाले केटा मनपर्छ’

नुनुता राई/पहिचान

व्यवहारिक हुन जरुरी छ
कुनै पनि मान्छेलाई हेर्दा सुरुमा आँखा जाने भनेको नै अनुहारमा हो । राम्रो मान्छेलाई सबैले हेर्छन् । सबैलाई आकर्षक पर्सनालिटीले लोभ्याउँछ । म पनि राम्रो पर्सनालिटी भएको मान्छेलाई हेर्छु, तर त्यस्तो बाहिरी सुन्दरताले नै भने कम लोभ्याउँछ । मान्छेको अनुहार राम्रो भएर मात्र हुँदैन । उसले गर्ने व्यवहार राम्रो हुन जरुरी छ । मान्छेको सबैभन्दा महत्वपूर्ण गुण भनेको नै उसको व्यवहार हो । त्यसैले सबैको सम्मान गर्ने, अर्काको भावनाको कदर गर्ने व्यावहारिक केटा मलाई मनपर्छ ।

कम उमेरको केटा आफैले केयर गर्नुपर्छ
मलाई आफूभन्दा बढी उमेरको केटा मनपर्छ । अहिले त म सिंगल नै छु । यसभन्दा अघि म धेरै पटक सम्बन्धमा रहेँ । उनीहरू सबै मभन्दा सानो अर्थात् कम उमेरका थिए । आफूभन्दा कम उमेरको व्बाइफ्रेन्ड हुँदा आफूले बढी केयर गर्नुपर्ने, सम्झाउनुपर्ने हुँदोरहेछ । उमेरमा कम भएपछि म्याचुरिटी पनि कम हुने हुँदा सम्हाल्न गाह्रो हुन्छ जस्तो लाग्यो । हुन त उनीहरूले पनि मलाई असाध्यै माया गर्थे, तर एकदम बच्चा किसिमको लाग्थ्यो । त्यसैले अब म रिलेसनसिपमा रहेँ भने कम्तीमा पनि म भन्दा ५–६ वर्ष बढी उमेरको केटा रोज्ने विचारमा छु । आफूभन्दा बढी उमेरको व्यक्ति स्वतः मभन्दा व्यावहारिक हुन्छ र मलाई केयर गर्छ भन्ने मेरो बुझाइ हो ।

कम उमेरको व्बाइफ्रेन्ड हुँदा आफूले बढी केयर गर्नुपर्ने, सम्झाउनुपर्ने हुँदोरहेछ । उमेरमा कम भएपछि म्याचुरिटी पनि कम हुने हुँदा सम्हाल्न गाह्रो हुन्छ जस्तो लाग्यो । हुन त उनीहरूले पनि मलाई असाध्यै माया गर्थे, तर एकदम बच्चा किसिमको लाग्थ्यो ।

मभन्दा अग्लो होस्
म जति पनि प्रेम–सम्बन्धमा रहेँ, उनीहरू सबैको उचाइ मभन्दा कम थियो । त्यसले गर्दा साथीहरूले जिस्क्याउने गर्थे । तैँले किन सधैँ फुच्चे केटाहरू रोज्छेस् भनेर सोध्ने पनि गर्थे । त्यसले गर्दा मलाई पनि कहिलेकाहीँ मेरो जोडी नमिलेको हो कि भन्नेजस्तो आभास हुन्थ्यो । त्यसैले अब भने मभन्दा अग्लो केटा मेरो प्रेमी हुनेछ ।

गोरेभन्दा कालेकाले राम्रो
मलाई गोरे केटाहरूभन्दा कालो वर्णका केटाहरू मनपर्छ । हुन त सबै आफूले रोजेजस्तो कहाँ पाइन्छ र, त्यही पनि कालेकाले भो भने झनै राम्रो हो भन्ने लागेको हो । हेरौँ कस्तो जुर्छ ।

हक्की केटा मनपर्छ
कतिपय केटा आफूले केही निर्णय लिन नसक्ने, सही–गलत छुट्याउन नसक्ने पनि हुन्छन् । त्यस्तो व्यक्ति मलाई मन पर्दैन । अलिक हक्की, निर्णय लिन सक्ने किसिमको केटा मनपर्छ । फेरि हामीजस्तो तेस्रोलिंगीलाई समाजले सहजै स्विकार्न सक्ने अवस्था अझै छैन । त्यसैले समाजलाई मसँग सम्बन्ध राख्न सक्छु र समाजको सामना गर्न सक्छु भन्ने आँट भएको हुनुपर्छ ।

मेरो काम र पहिचानको सम्मान गर्ने हुनुपर्छ
म तेस्रोलिंगी अधिकारकर्मी हुँ । मेरो काम र पहिचानलाई सम्मान गर्ने हुनुपर्छ । मेरो पहिलाको प्रेम सम्बन्धमा मेरो प्रेमीहरूले मलाई अलि बढी कन्ट्रोल गर्न खोजेका थिए । अर्थात् उनीहरूले भनेको समयमा आउनुपर्ने, जानुपर्ने हुन्थ्यो । तर, यो सम्भव छैन । मलाई जतिवेला पनि बाहिर निस्कनुपर्ने, घर आउँदा ढिलो हुने हुन्छ । अब मलाई मात्र नभएर मेरो कामलाई बुझ्ने र सहयोग गर्ने हुनुपर्छ ।

साभार : नयाँ पत्रिका

 

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.