सडकमा भिख माग्ने देखि न्यायाधीशको कुर्शीसम्मको यात्रा : भारतमै तेस्रोलिंगी न्यायाधीश

सडकमा भिख माग्ने देखि न्यायाधीशको कुर्शीसम्मको यात्रा : भारतमै तेस्रोलिंगी न्यायाधीश

काठमाडौं (पहिचान) असार ३१ -सडकमा भिख माग्दै गरेको व्यक्ति न्यायाधीस बनेर इजलासमा बस्छ भनेर तपाईले विश्वास गर्नुभएको छ ? छैन होला । किन भने धेरैको दिमागमा त्यस्तो सम्भव हुँदैन भन्ने नै आउँछ । तर असंम्भव भन्ने कुरा यो संसारमा के नैं छ र ? यो सम्भव भएको छ । त्यो पनि भारत जस्तो समलिंगी तेस्रोलिंगीलाई संबैधानिक अधिकार समेत निदएको देशमा ।

८ जुलाईलाई भारतीय एलजीवीटीआइ समुदायले उत्साहपूर्वक सम्झन्छन् किनकी यही दिन भारतको दिनाजपुर जिल्लाको इस्लामपुरको लोक अदालतमा तेस्रोलिंगी न्यायाधिस नियुक्ति भएको थियो ।
८ जुलाई २०११ जोइता मण्डल पश्चिम बङ्गाल राज्यको उत्तरी दिनाजपुर जिल्लाको इस्लामपुर लोक अदालतको न्यायाधीश नियुक्त भइन् । भारतको इतिहासमा जोयता मण्डल पहिलो ट्रान्सजेण्डर न्यायाधीश हुन् ।
सन २०१० तिरको कुरा हो जोयता BPO मा नोकरी गर्थिन । त्यहाँ उनको एतिसम्म मजाक उडाउने गरिन्थ्यो कि उनले दुई महिनामा नै जागरिबाट हात धुनुपेको थियो । यस्तो जटिल परिस्थितिमा उनले जागिर छोड्नुपर्यो कि उनले जिन्दगिमा भिखसम्म माग्नु पर्यो ।
जोयता मंडल आज जुन अदालतमा न्यायाधीश छन, त्यहाँबाट पाँच मिनेटको दूरीमा रहेको बस स्टेसनमा उनले कैयौरात गुजारेकी छन् ।
उनले किन सडकमा सुत्नुपर्यो ? किन भने हिजडा भनेर उनलाई धर्मशालाहरुले समेत आश्रय दिएन् । जीवनदेखि हार खान नजानेकी जोयताले रोडमा बसेर भिख मागिरहिनन् किन भने जोइतालाई थाहा थियो कि उनलाई आफू र आफ्नो समुदायका लागि लड्नु छ ।
‘मलाई शारिरिक वा यौनिक हिसावले दुःख दिइएको थिएन, तर दुनिया मेरोबारे कुरा काट्थे, मलाई घुरेर हेर्थे अनि मेरो मजाक उडाउँथे,’ जोयता आफ्नो खराव विगतबारे भन्छिन, ’परिस्थिति एति खराब थियो कि म उहाँ काम गरेर डिप्रेस भइसकेकी थिए र मैले नोकरी छोड्ने फैसाल लिएकी थिए ।’
आफै पिडामा गुज्रिएकी जोयताले २०११ देखि नै अफ्नो समुदायका लागि काम शुरु गरिन् । सिलीगुड़ीमा उनले एउटा संस्था चलाइन जसको नाम ‘मंशा बङ्गला’ हो ।
जोइताले समाजसेवाको शुरुवात ‘मंशा बंगला’ बाट नैं गरेकी हुन् । त्यसपछि उनले दिनाजपुर नोतुन आलो सोसाइटी दिनास खोलीन् । यो सोसाइटीले LGBTQ का लागि काम गर्छ ।
दिनासमा जेण्डर डिफरेन्स देखाइदैन । कोइ पनि यहाँ रहन सक्छन् । मानिसले आफ्नो जिन्दगी थप आरामदायी बनाउन भनेर नै त्यहाँको स्रोत परिचालन हुन्छ ।
यो सोसाइटी दिनाजपुरका हरेक सरकारी संस्थासँग सहकार्यमा छ । यो सोसाइटीको ९३ समुहको सपोर्ट पाइहेको छ, जो हिजड़ा, ट्रांसजेण्डर र समलिंगीकों मुद्दामा काम गर्छन् ।
जोइताले LGBTQ कम्युनिटीका लागि त धेरैकाम गरेकी छन् नै उनले बृद्धबृद्धाका लागि एक बृद्धआश्रम समेत खोलेकी छन् । यौनकर्ममा लागेर सुध्रन चाहने मानिसहरुका लागि पनि उनले धेरै काम गरेकी छन् ।
कलकतामा जन्मिएकी जोइताको नाम पहिले जयन्त मण्डल थियो । जोयताले ग्राजुएशन दोस्रो वर्षसम्म पढेर न्यायाधिस नियुक्त भएपछि थप पढाइ अघि बढाएकी हुन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.