उदयपुरमा उज्यालो भविष्य समाज गठन, चार सय समलिंगी तेस्रोलिंगी सम्पर्कमा

उदयपुरमा उज्यालो भविष्य समाज गठन, चार सय समलिंगी तेस्रोलिंगी सम्पर्कमा

उदयपुर (पहिचान) साउन ३ – नील हिरा समाजको शाखा कार्यालय उदयपुरमा उज्यालो भविष्य समाज गठन भएको छ । २०७३ पुषमा यौनिक तथा लैंगिक अल्पसंख्यकको यौन स्वास्थ्य र मानवअधिकारको क्षेत्रमा काम गर्दै आएको शाखाले उज्यालो भविष्य समाज गठन गरेको हो ।

शिवकुमार यादवको अध्यक्षतामा गठन भएको समाजको उपाध्यक्षमा सञ्जयकुमार सिंह, कोषाध्यक्षमा देवकुमार राम, सचिवमा सुजितकुमार मण्डल र सदस्यहरुमा शिवानन्द चौधरी, कृष्णदेव यादव, दुखिलाल चौधरी, बच्चालाल चौधरी र भिखन चौधरी रहेका छन् । नील हिरा समाजको दिवा परियोजनाका उपनिर्देशक संजय शर्माको उपस्थितिमा समिति गठन भएको समाजका सदस्य कृष्णदेव यादवले जानकारी दिए ।

समाजले जिल्लामा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यकको यौन स्वास्थ्य र मानवअधिकार रक्षाका लागि काम गर्ने सदस्य यादवले वताए । शाखा खोलेर काम गर्न थालेदेखि अहिलेसम्म चार सय जना समलिंगी तेस्रोलिंगी सम्पर्कमा आएका उनले जानकारी दिए । “सुरुमा कार्यालय स्थापना गर्दा अनेक लाञ्छना र विभेद खेप्नु परेको थियो यादवले भने, अहिले समलिंगी तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ ।”

उनले आफूहरु पनि मानवनै भएको भन्दै हेला नगर्न सबैलाई अनुरोध गरे । “हामी पनि यही समाजका मान्छे हौं उनले भने, हामीलाई किन हेला गर्नु ?”  उनले स्थानीय निकायमा बजेट विनियोजनका लागि आग्रह गरेको जानकारी पनि दिए । दुई चार बर्ष काम गरेर जिल्लामा लुकेर बसेका समलिंगी तेस्रोलिंगीलाई बाहिर ल्याउनु छ उनले भने, यसका लागि नील हिरा समाज केन्द्रबाट सहयोगको आशा राखेका छौ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.