सबैको आत्मसम्मान हुन्छ, चोट पुर्याउने अधिकार कसैलाई पनि छैनः धनपति निर्देशक खनाल

सबैको आत्मसम्मान हुन्छ, चोट पुर्याउने अधिकार कसैलाई पनि छैनः धनपति निर्देशक खनाल

14k
SHARES

काठमाडौं (पहिचान) साउन ४ – निर्देशक दीपेन्द्र के खनालले आफूले समलिंगी तेस्रोलिंगीलाई कहिले पनि नकारात्मक रुपमा चलचित्रमा प्रस्तुत नगरेको बताएका छन् । आफ्ना चलचित्रमा समलिंगी तेस्रोलिंगी पात्र नभएको र नकारात्मक रुपमा प्रस्तुत पनि नगरेको उनले स्पष्ट पारे ।

“मैले आजसम्म यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलाई नकारात्मक रुपमा प्रस्तुत गरेको छैन,” रेडियो कार्यक्रम पहिचानसँग कुरा गर्दै उनले भने, “मेरो चलचित्रमा यस्तो चरित्र आजसम्म आएको पनि छैन ।”
कतिपय चलचित्रले नकारात्मक रुपमा समलिंगी तेस्रोलिंगीलाई प्रस्तुत गरेको भन्दै उनले त्यसो गरिनु गलत भएको बताए । “केही समय अगाडी चलेको चलचित्र ‘आधा लभ’ को ट्रेलर मैले हेरेको थिएँ । त्यहाँ हो म छक्का हुँ छक्का भनिएको छ । त्यो शब्द नै मलाई मन पर्दैन । त्यस्ता शब्द नै प्रयोग गर्नु हुँदैन भन्ने मेरो मान्यता छ ।”
समलिंगी तेस्रोलिंगी पात्र आफ्नो चलचित्रमा आए पनि त्यसलाई नकारात्मक रुपमा प्रस्तुत नगर्ने निर्देशक खनालले स्पष्ट पारे । “मलाई नजिकबाट चिन्ने मान्छेलाई म कस्तो खालको मान्छे हुँ भन्ने थाहा छ । म समाजको सानो पक्षलाई खोजेर सकारात्मक सन्देश दिने व्यक्ति हुँ भन्ने मलाई चिन्ने सबैलाई थाहा छ,” निर्देशक खनालले भने ।
“त्यो समय म अलिअलि ड्रिंक्स गर्थें । हामी साथीहरु ड्रिंक्स गरेर बसिरहेका थियौं । अहिले नाम नलियौं । एउटा साथीले त्यो त छक्का हो नि भन्यो । मैले सबैको आत्मसम्मान हुन्छ । आ आफ्नो इच्छा र चाहना अनुसार बाँच्न सबैले पाउँछ । अरुको अधिकार र आत्म्सम्मानमा हस्तक्षेप गर्ने अधिकार हामी कसैलाई पनि छैन भनेर मैले उसलाई भनें,” निर्देशक खनालले भने, “त्यो कुराले हामीबीच झगडा नै भयो ।”
निर्देशक खनाल निर्देशित चलचित्र ‘धनपति’ अहिले अल नेपाल रिलिज भइरहेको छ ।

 

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.