निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नेविसंघको कार्यसमितिले पूर्णता पाउँदा कार्यसमितिमा तेस्रोलिंगी पनि भेटिनेछन् : रामप्रसाद अधिकारी

नेविसंघको कार्यसमितिले पूर्णता पाउँदा कार्यसमितिमा तेस्रोलिंगी पनि भेटिनेछन् : रामप्रसाद अधिकारी

670
SHARES

काठमाडौं (पहिचान) साउन ४ – नेपाल विद्यार्थी संघका उपाध्यक्ष रामप्रसाद अधिकारीले नेविसंघको कार्यसमितिले पूर्णता पाउँदा समलिंगी तेस्रोलिंगी पनि कार्यसमितिमा हुने बताएका छन् । पहिचानसँगको कुराकानीमा उपाध्यक्ष अधिकारीले समलिंगी तेस्रोलिंगीलाई नेविसंघले बैधानिक रुपमै प्रतिनिधित्व गराउन लागेको बताए ।

‘हामीले समलिंगी तेस्रोलिंगीलाई महाअधिवेशनमै प्रतिनिधि बनाएर सहभागि गराएका थियौं, महाधिवेशन पनि समावेसी रुपमा प्रतिनिधित्व गराएर सबै पक्षलाई निर्वाचित गराएका छौं,’ उपाध्यक्ष अधिकारीले भने, ‘अब छुटेका समलिंगी तेस्रोलिंगी सहितका केही छन्, उनीहरुलाई पनि मनोनयनबाट कार्य समितिमा लगिने छ ।’ अधिकारीले संघीय लोकतान्त्रिक गणतान्त्रात्मक संविधान जारी भएपछि संघीय संरचानामा निर्वाचन गराउने पहिलो संस्था भएको भन्दै अन्य संविधानले भनेका विषयको कार्यान्वयन गर्ने पनि नेविसंघ पहिलो संस्था हुने दावी गरे ।
विद्यालय देखि विश्वविद्यालय तहसम्म शैक्षिक वातावरण आवस्यक हुने भन्दै उनले विद्यालयको प्राथमिक शिक्षामै लैंगिक अल्पसंख्यकबारे अध्यापन गराउनुपर्ने बताए । ‘जव मानिसलाई ज्ञान हुन्छ, त्यसपछि यौनिक तथा लैंगिक अल्पसंख्यकमाथिको विभेद पनि अन्त्य हुन्छ,’ अधिकारीले भने, ‘त्यसका लागि सुरुमा राज्यले भूमिका खेल्नुपर्छ, अनि राजनीतिक दलले सामाजिक संवाहकका रुपमा काम गर्नुपर्छ ।’ उनले सबै तह र निकायमा समलिंगी तेस्रोलिंगीलाई पनि समावेस गरेमा उनीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुने र हिंसा र भेदभाव अन्त्य हुने बताए ।

 

समाचार शेयर गर्नुहोस्
670
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.