एचआईभी सून्यमा पुर्याउने अभियानमा परिचय समाज

एचआईभी सून्यमा पुर्याउने अभियानमा परिचय समाज

अम्बिका दाहाल/ललितपुर (पहिचान) साउन ५ – नील हिरा समाजको साखा कार्यालय परिचय समाजका संयोजक मोरन्जनकुमार वैद्यले सन् २०२० सम्ममा एचआईभीलाई सुन्यमा पुर्याउने उदेश्य लिएर काम गरिरहेको बताएका छन् ।

सन् २००६ मा स्थापना भएको परिचय समाजले बढ्दै गएको एचआईभीको जोखिमलाई कम गर्ने उदेश्यले कार्यक्रम गर्दै आएको वैद्यले बताए ।
बिशेष गरी एमएसएम, एमएसडब्लु, टिजि र टिजिएस व्यक्तिहरुलाई लक्षित गरेर गरिएको कार्यक्रममा पछिल्लो समय पहिचान खुलाउन नचाहाने व्यक्तिहरु पनि सम्पर्कमा आएको उनको भनाइ छ ।
बजेटको अभावका कारण प्रभावकारी कार्यक्रम लैजान सकिएको छैन उनले भने, “परिचय समाजलाई सरकारी निकायबाट प्राप्त हुने बजेट धैरै छैन । त्यसैले काम गर्न केही गाह्रो भइरहको छ ।”
“संस्था खोल्दाको सुरुवाती क्षण सम्झदा अहिले पनि नरमाइलो लागेर आउछ । बिस्तारै सबैलाई बुझाउँदै गयौं । संक्रमितहरु पनि निरन्तर सम्पर्कमा आउन थाल्नु भयो,” उनले भने, “त्यसकारण सुरुवातको भन्दाअहिले एचआईभीको जोखिम क्रमिक रुपमा घट्दै गएको छ ।”
एचआईभी अरु रोग जस्तै सामान्य भइसकेको भन्दै उनले अरु रोग भन्दा पनि सामान्य हो भनेर संक्रमितले बुझ्ने हो भने लामो समयसम्म जिउन सकिने वताए ।
एचआईभी संक्रमित भनेर थाहा पाउने वित्तिकै घर तथा समाजले हेलाको नजरले हेर्ने भएकाले कतिपय उपचार गराउन नआउने गरेको भन्दै उनले अन्य रोग सरह यो पनि सामान्य भएको बुझिदिन आग्रह गरे ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.