पूर्वजनमुक्ति सेनाको तेस्रोलिंगीलाई सीपमुलक तालिम : आयआर्जन बृद्धिको लक्ष्य

पूर्वजनमुक्ति सेनाको तेस्रोलिंगीलाई सीपमुलक तालिम : आयआर्जन बृद्धिको लक्ष्य

669
SHARES

राज चौधरी/कैलाली (पहिचान) साउन ७ – धनगढीका समलिंगी तेस्रोलिंगीले सीपमुलक तालिम लिइरहेका छन् । पूर्वजनमुक्ति सेना महिला प्रतिष्ठानले जिल्ला विकास समितिको आर्थिक सहायोगमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि आय आर्जन तथा सीपमुलक तालिम दिएको हो ।

१५ दिने हाते कदाई तालिममा १० जना समलिंगी तेस्रोलिंगी सहभागी छन् । तालिमको सुरुवात गर्दै पूर्वजनमुक्ति सेना महिला प्रतिष्ठान नेपालका अध्यक्ष सम्झना चौधरीले समलिंगी तेस्रोलिंगी खोज्दै कार्यालय सम्म पुगेको बताइन् । यो सुदायको बारेमा नबुझेकी नसुनेकीे चौधरीले पहिलो पटक भेट्दा आनौठो महसुस गरेको बताइन् । समलिंगी तेस्रोलिंगीको बारेमा बुझिसकेपछिको संगतमा बानि बेहोरा सारै राम्रो पाएको चौधरीको अनुभव छ ।
‘पहिले म तेस्रोलिंगीलाई गलत तरिकाले हेर्ने गर्थे तर उहाँहरुको बारेमा बुझ्दा हाम्रै सन्तान रहेछन् भनेर थाहा पाए,’ चौधरीले भनिन्, ‘अब म समुदायको हक अधिकारको लागि सधैं लड्ने छु ।’
चौधरीले समलिंगी तेस्रोलिंगीको बारेमा सबै समुदायले बुझ्न जरुरी रहेको बताइन् । ‘जस्तै हाम्रो संस्थाले समलिंगी तेस्रोलिंगीलाई लक्षित गरी सीपमूलक तालिम संचालन गरेको छ त्यसरी नै अरु संस्थाहरुले पनि संचालन गरुन् भन्ने अग्रह गर्न चाहन्छु,’ चौधरीले भनिन् ।
चौधरीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय समाजमा अतिनै पछाडी पारीएको वर्ग भएको बताइन्् । ‘समलिंगी तेस्रोलिंगीहरु घर, परिवार र समाजबाट नै अपहेलित भएका हुन्छन्,’ चौंधरीले भनिन्, ‘यिनिहरुको अधिकार प्राप्तिको अभियानलाई अगाडी बढाउनु सबैको दायित्व हो ।’
‘अहिलेसम्म कुनै पनि संस्थाले समलिंगी तेस्रोलिंगीलाई तालिम दिएका थिएनन्,’ सुदुरपश्चिम समाजकी कर्मचारी करुणा नेपालले भनिन्, ‘यो संस्थाले पहिलोपटक यस्तो कार्यक्रम सुदुरपश्चिममा संचालन गरेको हो ।’

 

समाचार शेयर गर्नुहोस्
669
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.