निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

संविधान अनुसार बन्ने नयाँ कानुन समलिंगी तेस्रोलिंगी मैत्री नैं बन्नेछन् : सांसद जोशी

संविधान अनुसार बन्ने नयाँ कानुन समलिंगी तेस्रोलिंगी मैत्री नैं बन्नेछन् : सांसद जोशी

691
SHARES

काठमाडौं (पहिचान) साउन १२ – सांसद चन्द्रदेवी जोसीले संविधान अनुसार बन्ने नयाँ कानुनहरु समलिंगी तेस्रोलिंगी मैत्री बन्ने बताएकी छन् । पहिचानसँगको कुराकानीमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सांसद जोशीले संविधान विपरित कानुन नबन्ने भएकाले नयाँ कानुनहरु समलिंगी तेस्रोलिंगी मैत्री बन्ने बताइन् ।

‘अब बन्ने कानुनहरु समलिंगी तेस्रोलिंगी मैत्री नैं बन्ने छन्,’ जोशीले भनिन्, ‘किन भने नेपालको संविधानले नैं समलिंगी तेस्रोलिंगीलाई पहिचान र समानताको हक प्रदान गरिसकेको छ ।’ उनले संविधानले संबोधन गरेको समुहलाई कसैले पनि कानुनी अधिकारबाट बञ्चित गर्न नसक्ने बताइन् । संविधानले समलिंगी तेस्रोलिंगीलाई यौनिक तथा लैंगिक भनेर संबोधन गर्दै लैंगिक पहिचानका आधारमा नागरिकता प्राप्त गर्ने, समानताको हक अन्तर्गत उनीहरुमाथि विभेद गर्न नपाइने तथा सामाजिक सुरक्षाको हक समेत प्रदान गरेको छ ।
संसदको समाजिक न्याय तथा मानवअधिकार समितिकी सदस्य समेत रहेकी जोशीले समितिमा पनि समावेसी आयोग तथा समुदायगत आयोग सम्बन्धी कानुनमा बहस भइरहेको भन्दै त्यसमा पनि समलिंगी तेस्रोलिंगीका विषयमा पर्याप्त बहस भएको बताइन् । ‘अरु आयोग कस्ता बन्नुपर्छ भनेर हेर्ने समावेसी आयोगमा समेत समलिंगी तेस्रोलिंगी पनि रहनेगरी समितिमा बहस भएको छ,’ जोशीले भनिन्, ‘समितिको बहस अनुसार संसद् ‘फूलहाउस’मा पनि बहस भयो भने समलिंगी तेस्रोलिंगीले समावेसी आयोगमा समेत स्थान पाउने छन् ।’ उनले समलिंगी तेस्रोलिंगीका विषय सबै सांसद्ले नबुझ्ने भन्दै बुझाउन र आवस्यक दवाव दिन समलिंगी तेस्रोलिंगी समुदाय र त्यसको अधिकार क्षेत्रमा काम गर्ने संस्थाको ध्यानाकर्षण गरिन् ।

समाचार शेयर गर्नुहोस्
691
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.