तेस्रोलिंगीको मुद्धामा सक्रिय हुने युवाहरुको प्रतिवद्धता

तेस्रोलिंगीको मुद्धामा सक्रिय हुने युवाहरुको प्रतिवद्धता

मकवानपुर (पहिचान) साउन १८ – युवाहरुले समलिंगीहरुलाई जवरजस्ती विवाह गराउँदा सन्तान उत्पादन हुने नहुने भनेर जिज्ञासा राखेका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यक र कोक्यापमा आवद्द युवाहरुवीच मकवानपरमा भएको अन्तरक्रिया कार्यक्रममा युवाहरुले समलिंगीहरुलाई जबरजस्ती विवाह गराइदिदा सन्तान उत्पादन हुन्छ हुदैन ? भनेर जिज्ञासा राखेका हुन् ।

उनीहरुले अन्तरलिंगीका हाउ हाउभाउ र गेटअप कस्तो हुन्छ ? पहिचान सहित अगाडी आइसकेपछि पारिवारिक समस्या र चुनौतिहरु के के हुन्छन ? लगायतका जिज्ञासा राखे । कार्यक्रममा अधिकारकर्मी इन्दिरा न्यौपाने र सुमित पौडेलले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको विषयमा उठेका जिज्ञासाको जवाफ दिएका थिए ।

मानव अधिकारकर्मी सुमित पौडेलले समलिंगी तेस्रोलिंगीहरुको मानव अधिकार, उनीहरुले भोग्दै आएका समस्या लगायत समस्या समाधानको लागि भैरहेका पहलहरुको विषयमा जानकारी गराए । तेस्रोलिंगी बर्षा मगरले तेस्रोलिंगी भएकै आधारमा भोग्नु परेका विभिन्न चुनौती तथा जीवनका भोगाइहरु राखिन ।

छलफलपछि यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको मात्र मुद्दा नभएर यस्ता मुद्दाहरु समाज र राज्यकै मुद्दा भएकोले आफूहरु जागरुक हुने प्रतिवद्धता जनाए । सामाजिक अभियन्ताको रुपमा सक्रिय कोक्यापका यूवाहरुले समलिंगी तेस्रोलिंगीहरुलाई हातेमालो गर्दै अगाडी बढाउने प्रतिवद्धता पनि जनाए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.