निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

यौनिक तथा लैंगिक अल्पसंख्यकको गाइजात्रा महोत्सव, देशभरका समलिंगी तेस्रोलिंगी काठमाडौंमा

यौनिक तथा लैंगिक अल्पसंख्यकको गाइजात्रा महोत्सव, देशभरका समलिंगी तेस्रोलिंगी काठमाडौंमा

665
SHARES

काठमाडौं (पहिचान) साउन २३ – नेपालमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मातृ संस्था नील हिरा समाजले हरेक बर्ष जस्तै यो बर्ष पनि गाइजात्रा महोत्सव गर्ने भएको छ । मेरो परिवार तथा मेरा मित्रहरुले म माथी गर्व गर्छन भन्ने नाराका साथ समाजले भोली गाईजात्रा महोत्सव गर्न लागेको हो ।

यो महोत्सवमा देशभरका समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी समुदायका सदस्य सहभागी हुने समाजले जनाएको छ । बर्षभरी दिवंगत भएका समुदायका सदस्यको आत्मा शान्तिको कामना गर्न बसन्तपुरमा हरेक बर्ष गाइजात्राकै दिन दिपप्रज्वलन गरिन्छ । त्यसका लागि काठमाडौंको ठमेल संचयकोष अगाडी विभिन्न भेष भुषा, झाँकी, बाजागाजा सहित समुदायका सदस्य भेला भएर र्यालीमा सहभागी भएर बसन्तपुर पुग्नेछन् ।

यो बर्ष गाइजात्राको दिन पनि ठमेल संचयकोष अगाडी भेला भएर नर्सिङ चोक, क्षेत्रपाटी, भेडासिंह, इन्द्रचोक हुँदै हनुमानढोका बसन्तपुर पुग्ने कार्यक्रम रहेको समाजले जनाएको छ । महोत्सवको महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले उद्धघाटन गर्ने कार्यक्रम रहेको छ । समाजले सन् २००२ देखि गाइजात्रा महोत्सव मनाउँदै आएको छ । ।

आफूलाई यौनिक तथा लैंगिक अल्पसंख्यकका रुपमा चिनाउने यो समुदायले हरेक बर्ष गाइजात्राको दिन महोत्सवको आयोजना गर्दै आएको छ । नील हिरा समाजले गाइजात्रामा सहभागी हुन विभिन्न देशका राजदूत, प्रमुख राजनीतिक दलका नेता, सेलिव्रेटी, मानवअधिकारकर्मी, समाजका समर्थक तथा अन्य संघ संस्थाका प्रतिनिधिलाई निम्तो दिइसकेको जनाएको छ ।

समाजकी अध्यक्ष पिंकी गुरुङले गाइजात्रा महोत्सवले यौनिक तथा लैंगिक अल्पसंख्यकको जनजीवन सामान्य बनाउन मद्धत गरेको बताइन । यौनिक तथा लैंगिक अल्पसंख्यकले मनाउने यो गाइजात्रा स्वतन्त्रताको प्रतिक भएको गुरुङको भनाई छ । देशभित्रका विकृती विसंगतिलाई कम गर्दै समलिंगी तेस्रोलिंगीहरुको अस्तित्व र पहिचानलाई सांस्कृतिक रुपमा स्वीकार्य बनाउन तथा उनीहरुलाई अधिकार दिलाउन गाइजात्रा महोत्सव आयोजना गर्ने गरिएको अध्यक्ष गुरुङले वताइन ।

गाइजात्रा महोत्सवको यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको अधिकार प्राप्तिका अभियन्ता एवं पूर्व सभासद् सुनिलबाबु पन्तले सफलताको शुभकामना दिएका छन् ।

समाचार शेयर गर्नुहोस्
665
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.