निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

अन्तरलिंगीहरुको राष्ट्रिय कार्यशाला सम्पन्न, अन्तरलिंगी भएकै आधारमा विद्यालयबाट बन्चित हुनु परेको पीडा

अन्तरलिंगीहरुको राष्ट्रिय कार्यशाला सम्पन्न, अन्तरलिंगी भएकै आधारमा विद्यालयबाट बन्चित हुनु परेको पीडा

717
SHARES

अम्बिका दाहाल/काठमाडौं (पहिचान) साउन २३ – नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले अन्तरलिंगी बच्चालाई अझै पनि पारिवारिक विभेद कायमै रहेको वताएकी छन् । कतिपय ठाउँमा अन्तरलिंगी बच्चालाई सानै उमेरमा चाहना विपरित बनाइदिने गरेको ढकालको भनाई छ ।

नील हिरा समाजले काठमाडौंमा गरेको अन्तरलिंगीहरुको दोस्रो राष्ट्रिय कार्यशालाको समापन गर्दै कार्यकारी निर्देशक ढकालले अन्तलिंगीको मुद्धा बिश्वमा उदाहारणीय बनेको वताइन । उनले सानो संख्याबाट सुरु भएको यो कार्यक्रम आज यति धेरैको संख्यामा देखिनु ठुलो कुरा भएको वताइन । “सुरुमा हामीले बारा जिल्लाका एक जना अन्तलिंगीको जन्म दर्ता गराउन सफल भएका थियौ, बिस्तारै हामीलाई परिवारले सम्पर्क गर्न थाल्नुभयो उनले भनिन्, अहिले यो मुद्धा बिश्वव्यापी भएको छ ।”

उनले कार्यशालामा आफुले सिकेका कुरा जिल्ला जिल्लामा प्रयोगमा ल्याउन आग्रह गरिन । केन्द्रबाट सकेसम्म सहयोग गर्ने ढकालको भनाई छ । कार्यशालामा विभिन्न ११ जिल्लाका २९ जना अन्तरलिंगी सहभागी थिए ।

नील हिरा समाजका उपनिर्देशक परसुराम राईले अन्तरलिंगीको मुद्धालाई चानचुने नभएको वताए । राईले लुकेर नबस्न आग्रह गर्दै खुलेर अगाडी आउन सुझाव दिए । अन्तरलिंगी अधिकारर्मी इशान रेग्मीले अन्तरलिंगी भएकै कारण हुने विभेद अन्त्य भए मात्रै सभ्य समाजको निर्माण हुने वताए । कार्यशालामा सहभागीहरुले पढने बेलामा विद्यालय जादा अन्तरलिंगी भएकै आधारमा विद्यालयबाट बन्चित हुनु परेको पीडा व्यक्त गरे । “बिद्यालयबाट प्रदान गर्ने छात्रवृत्ति अन्तरलिंगीलाई दिइदैन उनीहरुले भने अन्तरलिंगीका लागि अलि धेरै आवाज उठाउनु पर्ने आवश्यकता छ ।”

नील हिरा समाजको सेभ द चिल्ड्रेन परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक प्रकाश निरौलाले अन्तरलिंगी समुदायमा एचआइभीको जोखिमबाट बच्न सावधानी अपनाउनु पर्ने जानकारी गराए । समाजको साहारा परियोजनाका भक्ति शाहले कुनै पनि घटना घटिसके पछि अभिलेखिकरण गर्नु पर्नेमा जोड दिए । कार्यशालाको समाजकी अध्यक्ष पिंकी गुरुङले उद्घाटन गरेकी थिइन ।

समाचार शेयर गर्नुहोस्
717
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.