बर्षा शाह/पहिचान – वर्षभरि दिवंगत भएकालाई सम्झिने दिन। हरेक बर्षझैं यसपालिको ‘गाईजात्रा’ मा पनि दिवंगत परिवारका सदस्यलाई सम्झेर मनाइयो।
नील हीरा समाजले ‘गाईजात्रा’ लाई वर्षभरि दिवंगत भएका तेस्रोलिंगीको सम्झना गर्दै मनाएको छ। कैलाश श्रेष्ठबाट भूमिका श्रेष्ठ भएकी तेस्रोलिंगी अधिकारवादी तथा सेलिब्रेटी तेस्रोलिंगी भूमिका श्रेष्ठले गाईजात्रामा दिवंगत तेस्रोलिंगीलाई सम्झिइन्। मंगलबार उनी नील हिरा समाजलाई झल्काउने पहिरनमा थिइन् ।
जुन वर्षभरि दिवंगत भएका तेस्रोलिंगीको सम्झनामा थियो भने आफ्नो लैंगिक समुदायलाई झल्काउने पहिरन पनि थियो। त्यसो त उनी नेपाली फिल्ममा देखिदैछिन्। अभिनेत्री स्वेता खड्काले निर्माण गर्न लागेको चलचित्र ‘कान्छी’ मा उनलाई दर्शकले देख्न पाउने छन् ।
साभार : सेलिब्रेटी तेस्रोलिंगी भुमिका श्रेष्ठको ‘गाईजात्रा’ लुक्स (फोटोफिचर)
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.