श्वेताको ‘कान्छी’मा ट्रान्सजेन्डर भूमिका

श्वेताको ‘कान्छी’मा ट्रान्सजेन्डर भूमिका

काठमाडौं (पहिचान) साउन २९ – नायिका श्वेता खड्काले निर्माण गर्ने फिल्म ‘कान्छी’मा ट्रान्सजेन्डर भूमिका श्रेष्ठ पनि महत्वपूर्ण भूमिकामा प्रस्तुत हुन भएकी छिन् । आकाश अधिकारीको निर्देशन रहने फिल्ममा भूमिका तेश्रोलिङ्गीको भूमिकामा प्रस्तुत हुनेछिन् । ‘भूमिकाको भूमिकाले पनि फिल्ममा खास अर्थ राख्छ’, श्वेताले भनिन् ।

तेश्रोलिङ्गी समुदायको हक हितको क्षेत्रमा कार्यरत भूमिका मिस पिंक समेत हुन् । ‘कान्छी’मा भूमिकाको भूमिका श्वेताको साथीको रहनेछ । कान्छीमा अभिनेता दयाहाङ राई श्वेताको अपोजिटमा प्रस्तुत हुँदैछन् । फिल्मको सबै जसो कलाकार तथा प्राविधिक तय भैसकेका छन् । आउँदो सोमबार मुर्हत गरेर फिल्म सुटिङ गर्ने निर्माण टिमको योजना छ । कोहिनूर पछि श्वेता फिल्म निर्माणमा फर्किएकी हुन् । उनले सिन्धुपाल्चोकको माझी बस्ती पनि बनाउँदैछिन् ।

साभार : श्वेताको ‘कान्छी’मा ट्रान्सजेन्डर भूमिका

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.