समलिंगी तेस्रोलिंगीमा एचआइभिको संक्रमण घटेको छ : प्रकाश निरौला

समलिंगी तेस्रोलिंगीमा एचआइभिको संक्रमण घटेको छ : प्रकाश निरौला

काठमाडौं (पहिचान) साउन २९ – ग्लोबल फण्ड सेभ द चिल्ड्रेन परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक प्रकाश निरौलाले समलिंगी तेस्रोलिंगीमा एचआईभी संक्रमण दर घट्दै गएको बताएका छन् । पहिचानसँगको कुराकानीमा कार्यक्रम संयोजक निरौलाले १६ वर्षको दौंरानमा नेपालमा धेरै प्रगति भएको बताएका हुन् ।

‘अहिले ग्लोबल फण्डले विश्वभर नैं ९०–९०–९० भन्ने महत्वकांक्षी अवधारणमा पारिवारिक स्वास्थ्य प्रवद्र्धन तथा एचआइभी नियन्त्रण कार्यक्रम ल्याएको छ,’ निरौलाले भने, ‘त्यसमा नेपालका लागि मानव अधिकार प्रवद्र्धन तथा विभेद अन्त्यका लागि एक दशमलव तीन मिलियन बजेट समेत थपेको छ, जसमा नेपालमा पनि एक दशमलव तीन थपेर दुइ दशमलव ६ मिलियन बराबरको कार्यक्रम संचालन गरिरहेको छ ।’ निरौलाले नाइन्टी–नाइन्टी–नाइन्टी (९०–९०–९०) परियोजना आफैमा महत्वकांक्षी भएको भन्दै त्यसको कार्यान्वयन कतिपय स्थानमा टार्गेट भन्दा बढीनै काम भइरहेको बताए ।
‘जेनरल पपुलेसनबाट एचआइभीको बढि जोखिममा रहेको कि पपुलेसन छुट्टाइन्छ,’ निरौंलाले भने, ‘कुल कि पपुलेसनको ९० प्रतिशत पुग्नुपर्छ, त्यसको ९० प्रतिशतलाई काउन्सिलिङमा ल्याउनुपर्छ र त्यसरी आएको ९० प्रतिशत रेगुलर चेकअपका लागि सिफारिस गर्दै उनीहरुलाई फलोअपमा लैजानुपर्छ ।’ निरौलाले तथ्यांकमा एचआइभी संक्रमितको संख्या बढेको देखिएपनि पछिल्लो समयदेखि मात्र परिक्षण गराउने क्रम बढेको भन्दै लुकेर रहेको संख्या बाहिर आएका कारण मात्र संख्या बढेको हुनसक्ने बताए ।
निरौलाले नील हिरा समाजमार्फत १६ वर्षको दौरानमा ३६ वटा जिल्लामा कार्यक्रम संचालन भइरहेका भन्दै उनले कार्यक्रम संचालन भएका स्थानमा सकारात्मक परिणाम आइरहेको बताए । ‘काठमाडौं राजधानी सहर भएकाले विभिन्न जिल्लाबाट विभिन्न कारणले मानिसहरु यहाँ आउने र विदेशीसमेत विभिन्न प्रयोजनका लागि यहाँ आउने भएकाले यहाँ एचआइभी संक्रमणको दर हेर्न र सुधार गर्न सहज छैन,’ निरौलाले भने, ‘तर बाहिरका जिल्लामा भने सुधारको अवस्था ठोसरुपमा नै हेर्न सकिन्छ ।’ सन २००१ मा काठमाडौंबाट काम गर्न थालेको नील हिरा समाजको सन २००६ देखि मात्र कार्यक्रम विस्तार भएको हो ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.