निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समलिंगी विवाह दर्ता वडाको काम हो दर्ता हुन्छ : वडाध्यक्ष तिवारी

समलिंगी विवाह दर्ता वडाको काम हो दर्ता हुन्छ : वडाध्यक्ष तिवारी

679
SHARES

काठमाडौं (पहिचान) साउन ३० – काठमाडौं महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारीले समलिंगी विवाह भएर आफ्नो वडा अन्तर्गत आएमा दर्ता हुने बताएका छन् । पहिचानसँग कुरा गर्दै वडाध्यक्ष तिवारीले सर्बोच्चको फैसला लगायतका नजिरहरु रहेको भन्दै त्यसकै आधारमा वडाले काम गर्ने बताए ।

‘सुदुरपश्चिमको डडेलधुरास्थित परशुराम नगरपालिकाले त्यही सर्बोच्च अदालतको आदेशमा टेकेर समलिंगी विवाह दर्ता गरिसकेको छ,’ अध्यक्ष तिवारीले भने, ‘त्यही नजिर पनि हाम्रा लागि अव आधार हुन सक्छ, मैले नेतृत्व गरेको वडामा त्यस्तो विवाह गरेर आउनुभयो भने दर्ता हुन्छ ।’ उनले घट्ना दर्ता एकदमै महत्वपूर्ण कुरा भएको भन्दै उनीहरुलाई पनि दर्ताबाट बञ्चित नगर्ने बताए ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ मा समलिंगी तेस्रोलिंगीहरु बढी भेटिने ठमेल क्षेत्र पनि पर्छ । समलिंगी तेस्रोलिंगीबारे स्थानीयको प्रतिक्रिया कस्तो छ त ?

तिवारीले साँझ छिप्पिदै गएपछि ठमेलमा समलिंगी तेस्रोलिंगीको उपस्थिति बाक्लिने गरेको भन्दै कतिपय अवस्थामा त्यहाका बासिन्दाबाट कम्प्लेन समेत आउने गरेको बताए । ‘समलिंगीहरुले आफू बाच्नका लागि गरेका कतिपय गतिविधिले स्थानीय आजित भएका पनि उदाहरण नभएका होइनन् तर हामीले उहाँहरुको जिविकाका लागि त्यहाँ आउनुपर्ने बाध्यता बुझेका छौं,’ तिवारीले भने, ‘त्यसैले वडाबाट र काठमाडौं महानगरपालिकाबाट हामीले उहाँहरुलाई व्यवसायिक हुन र स्वरोजगार भएर आफ्नै खुशीमा बाच्न के गर्न सकिन्छ भनेर सोचिरहेका छौं ।’

समाचार शेयर गर्नुहोस्
679
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.