तेस्रोलिंगी थापाको उपचारमा आर्थिक समस्या

तेस्रोलिंगी थापाको उपचारमा आर्थिक समस्या

700
SHARES

काठमाडौं (पहिचान) भदौ १ – तेस्रोलिंगी ज्योती थापाको उपचारमा आर्थिक समस्या भएको छ । किड्नी र पेटको समस्या भएर उपचारका लागि काठमाडौं आएकी रुपन्देहीको शंकरनगर निवासी थापालाई आर्थिक समस्या परेको हो । भदै र ज्वाईलाई लिएर काठमाडौं आएकी थापाले पैसा नभएका कारण अस्पताल जान नसकेको वताइन ।

“गरिव छु, पैसा छैन थापाले पहिचान अनलाइनसँग भनिन्, भदै र ज्वाईले पैसाको जोहो गर्दैहुनुहुन्छ, पैसाको जोहो भएपछि उपचारका लागि अस्पताल जान्छु ।” ४७ बर्षकी तेस्रोलिंगी थापाले बुटवलमा नाँचगान गरेर विहान वेलुकाको छाक टार्दै आएकी रुपन्देहीकी तेस्रोलिंगी अधिकारकर्मी आनिक रानाले जानकारी दिइन ।

रानाका अनुसार थापाले १० बर्ष अगाडि लिंग परिवर्तन समेत गरिसकेकी छन् । आर्थिक अवस्था कमजोर रहेकी थापाको उपचारका लागि सहयोग गरिदिन रानाले सबैलाई अनुरोध समेत गरिन ।

समाचार शेयर गर्नुहोस्
700
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.