इश्वरको नजरमा समलिंगी वा अन्य सबै बराबर : डा प्रदीप ढकाल

इश्वरको नजरमा समलिंगी वा अन्य सबै बराबर : डा प्रदीप ढकाल

काठमाडौं (पहिचान) भदौ ४ – पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले इश्वरको नजरमा केही पनि तलमाथि नभएको भन्दै मानिस मानिसबीचको विभेद गलत सोचाइबाट भएको बताएका छन् । पहिचानसँगको कुराकानीमा सदस्यसचवि डा ढकालले पशुपति क्षेत्रमा कसैमाथि पनि भिवेद नहुने बताए ।

‘इश्वरको बास भएको आध्यात्मिक केन्द्रमा कसैमाथि विभेद गर्ने भन्ने हुँदैन,’ सदस्य सचिव डा ढकालले भने, ‘कुनै व्यक्तिको उपस्थितिमा त्यस्तो भएको छ भने व्यक्ति निमित्त हो, उसले गर्ने व्यवहारले पशुपतिनाथको आस्था र इश्वरीय मान्यतामा प्रश्न उठ्न हुदैन ।’ उनले त्यस्ता विभेदकारी व्यक्तिहरु जिम्मेवारीमा रहनका लागि पनि उपयुक्त नठहर्ने बताए ।

ढकालले समलिंगी तेस्रोलिंगीहरुका विषयमा पूर्वीय दर्शन र धर्मशास्त्रमा पर्याप्त उल्लेख भएको भन्दै समयक्रम अनुसार समलिंगी तेस्रोलिंगीले फरक फरक भूमिका पाउने गरेको बताए । ‘समलैंगिकता र यसका आयाम तथा उनीहरुको भूमिकाको विषय व्यापक बहस र अनुसन्धानको विषय पनि बन्न सक्छ,’ ढकालले भने, ‘तर, मूल मान्यता भनेको सबै इश्वरका सन्तान हौं र कसै माथि पनि विभेद अमान्य छ ।’

उनले पशुपति क्षेत्र विकास कोषमा रहेर काम गर्दा आफ्नो कार्यकालमा सबै संस्कृतिको केन्द्र पशुपति क्षेत्र वा क्षेत्र विकास कोषले हेर्ने जमिनमा बनाउने तथा पशुपति क्षेत्रलाई आध्यात्मिक अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने आफ्नो योजना सुनाए । ‘कति सम्भव हुन्छ भन्ने कुरा त भोलिका दिनले देखाउने नैं छन्,’ ढकालले भने, ‘तर, सामान्य व्यवस्थापनका विषयमा नअल्झेर धार्मिक तथा आध्यात्मिक अनुसन्धानमार्फत एउटा आस्थाको मात्र नभएर सबैको आकर्षणको केन्द्र बनाउने मेरो इच्छा छ ।’

उनले आध्यात्ममा व्यक्तिको लैंगिकता नहेरिने पनि स्पष्ट पारे । पशुपति क्षेत्रमा कसैमाथि पनि विभेद हुन नहुने भन्दै पशुपति नाथलाई नेपाली संस्कृति र एकताको प्रतिकका रुपमा विकास गरिुनुपर्ने उनले बताए ।

 

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.