निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

आशिर्वाद लिने कि श्राप? रोजाई तपाईको

आशिर्वाद लिने कि श्राप? रोजाई तपाईको

757
SHARES

सुनिलबाबु पन्त/पहिचान – मान्यता यस्तो छ, कि यदि कुनै तेस्रोलिङ्गि कसैलाई आशीर्वाद दिन्छ भने, तव उस व्यक्तिको भाग्य परिवर्तन भएर उसको जिवनमा शुभ-लाभ हुन्छ। तर यसको विपरित तेस्रोलिङ्गिले यदि सकैलाई श्राप दिएमा त्यस ब्यक्तिलाई दुर्भाग्यले सताउन थाल्दछ। यसको अलावा पनि तेस्रोलिङ्गिहरुको यस्तो अनेक रहस्यहरु छन्, जस्को बारेमा धेरैलाई कुनै जानकारि नहुन सक्छ। परम्परागत रुपमा तेस्रोलिङ्गिहरुको रहन-सहन समाजका अन्य मानिसहरुको भन्दा निकै अलग हुन्छ। तेस्रोलिङ्गिहरु आफ्नो दैनिक जिन्दगिमा के के गर्छन्, कसरी वस्छन् यस्को वारेमा धेरैलाई राम्रोसंग जानकारी छैन।

धार्मिक आख्यान अनुसार जब भगवान श्रीराम १४ बर्षका लागि बनवास जांदै थिए, तब उन्ले आफ्नो पछि लागेका सबै प्रजाहरुसंग विदा लिने बेला भनेका थिए कि “सबै नर नारीहरु आ-आफ्नो घर फर्केर जानु, अव हाम्रो पछि लागेर नआउनु” भनेर। यसमा कुनै दुबिधा थिएन कि तेस्रोलिङ्गिको गन्ति न त नर मा होस् न त नारीमा नै, किनकि उनीहरु यी दुबै नर-नारीहरु भन्दा अलग किसिमका मानिस हुन्। त्यसैले त्यतिवेला भगवान् श्रीरामले उनीहरुको उल्लेख गर्न विर्शे, अर्थात तेस्रोलिङ्गिहरुको उल्लेख गर्न विर्शे। र यस्तोमा तेस्रोलिङ्गिहरु चौद वर्ष सम्म उही ठांउमा नदिको किनारमा भगवान् राम लाई पर्खेर बसीरहे।

जब भगवान् राम फर्केर आए, १४ बर्ष पछि, तेस्रोलिङ्गिहरुलाई उहि ठांउंमा पर्खेर बसेको दखे पछि उन्ले तेस्रोलिङ्गिलाई सोधे “किन तिमीहरु घर नफर्केका अहिले सम्म पनि?” भनेर |

यसमा तेस्रोलिङ्गिले जवाब दिए कि “ हजुरले हामीलाई घर जान भनेर भन्नु भएकै थिएन, नर-नारीलाई मात्र घर जाऊ भन्नु भएको थियो”। तेस्रोलिङ्गिहरुको यस्तो भक्ति भावना देखेर भगवान् श्रीरामले उनीहरुलाई वरदान दिए कि “यदि तिमीहरुले कसैलाई सांचो मनले आशीर्वाद दियौ भने उसको जीवन सफल हुन्छ र यदि तिमीहरले कसैलाई श्राप दियौ भने ऊ कहिले पनि खुशि हुन पाउने छैन” भनेर।

यसको अलावा यस्तो पनि मान्यता छ कि, यदि तपाईले कुनै तेस्रोलिङ्गिलाई उसको मृत्यू पश्चात उसको लाश जलाएको वा गाडेको देख्नु भयो भने तपाई धनवान बन्नु हुन्छ रे। यसो त निकै कमले मात्र तेस्रोलिङ्गिहरुको लाश जालएको वा गाडेको देख्ने मौका पाउंछन्, किनकि, परम्परागत रुपमा, ऊनीहरुको दाहसंस्कार मध्यरातमा मा मात्र हुने गर्दछ जतिवेला अरु सबै सुतिराखेका हुन्छन् र ऊनीहरुको लाश पनि एकान्तमा तेस्रोलिङ्गिहरुले मात्र जलाउने गर्दछन्। त्यसैले जस्ले पनि तेस्रोलिङ्गिको दाहसंस्कार देखेको छ ऊ धनवान बनेको छ भन्ने विश्वास गरिन्छ।

तर पनि आजको दुनियामा धेरै यस्ता व्यक्ति छन् जो तेस्रोलिङ्गिहरुको अपमान गर्दछन्। शायद मानिसहरुले बिर्शिसके कि भगवान्ले सवैलाई वरावर वांच्न पाउने हक दिनु भएको छ। यस्तोमा मानिसहरु तेस्रोलिङ्गिको आशीर्वाद लिएर आफ्नो जिंदगीमा खुसहाली ल्याउनुको साटो उनीहरुको अपमान गरेर जीवनमा दुखको आमन्त्रण गरी रहेका हुन्छन्।

समाचार शेयर गर्नुहोस्
757
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.