राष्ट्रिय परामर्स भेलामा २ सय भन्दा धेरै सहभागि हुने

राष्ट्रिय परामर्स भेलामा २ सय भन्दा धेरै सहभागि हुने

काठमाडौं (पहिचान) भदौ १३ – नील हिरा समाजले भदौ २२ र २३ गते यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको राष्ट्रिय परामर्स भेला गर्ने भएको छ । कास्कीको पोखरामा हुने भेलामा संविधान कार्यान्वय, पारिवारिक जनचेतना अभिवृद्धि, संचारमाध्यमको भूमिका, एचआइभीको संक्रमण दर लगायतका विषयमा छलफल हुने समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले जानकारी दिइन ।

समाजले एक बर्ष भरी संचालन गरेका कार्यक्रमको समिक्षा तथा भावी रणनीति बनाउन हरेक बर्ष राष्ट्रिय परामर्स भेला गर्दै आएको ढकालले जानकारी दिइन । भेलामा देशभरका यौनिक तथा लैंगिक अल्पसंख्यक, राजनीतिक दलका नेता, व्यवस्थापिका संसदका सदस्य, सरकारी निकायका प्रतिनिधि, मानवअधिकारकर्मी, पत्रकार, समाजसेवी, समुदायका सदस्यका परिवार, कलाकार लगायतको सहभागिता रहनेछ ।

सन् २००१ मा स्थापना भएको समाजले विभिन्न कार्यक्रम मार्फत समुदायको स्वास्थ्य, शिक्षा, रोजगार, सामाजिक, राजनीतिक एवं आर्थिक अवस्थामा सुधार ल्याउने प्रयास जारी राखेको जनाएको छ । भेलामा समाजकी अध्यक्ष पिंकी गुरुङले स्वागत मन्तव्य दिने ढकालले वताइन । दुई दिने भेला पोखरा घोषणा पत्र जारी गरेर सकिनेछ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.