हेर्ने दृष्टिकोण सकारात्मक छ, तर सचेत हुनु पर्छ : प्रहरी

हेर्ने दृष्टिकोण सकारात्मक छ, तर सचेत हुनु पर्छ : प्रहरी

इन्दिरा न्यौपाने/मकवानपुर (पहिचान) भदौ १६ – जिल्ला प्रहरी कार्यालय मकवानपुरले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई हेर्ने दृष्टिकोण सकारात्मक रहेको बताएको छ । नील हिरा समाजको शाखा कार्यालय हेटौडाले प्रहरीहरुसँग गरेको अन्तरक्रियामा सहभागीहरुले समलिंगी तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोण सकारात्मक रहेको वताएका हुन् ।

“यो समुदायका सदस्य थोरै छन् उनीहरुले भने, एउटाले गल्ती गर्दा सबैमा उस्तै नजर पर्छ ।” उनीहरुले कानुन अन्धो हुने भन्दै सबैलाई सचेत रहन आग्रह पनि गरे ।

सस्थाका कार्यक्रम संयोजक सुरज थापाले मकवानपुर जिल्लामा रहेका समलिंगी तेस्रोलिंगीहरुको अवस्थाबारे प्रहरीहरुलाई जानकारी गराए । तेस्रोलिंगी जुली चेपाङले अझै पनि घर, परिवार, समाज र राज्यबाट समस्यामा पर्दै आएको वताइन ।

कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको विषयमा जानकारी गराउनुको साथै प्रहरी प्रशासन, जनसमुदायले उनीहरुप्रति गर्ने व्यवहारका विषयमा पनि छलफल गरिएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका १० जना सहभागी थिए ।

 

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.