बंगलादेशी अधिकारकर्मी राखिवले नेपालका यौनिक अल्पसंख्यकसँग इद मनाए

बंगलादेशी अधिकारकर्मी राखिवले नेपालका यौनिक अल्पसंख्यकसँग इद मनाए

काठमाडौं (पहिचान) भदौ १७ – मुस्लिम समुदायले आज इद पर्व मनाइरहेका छन् । आजदेखि ३ दिनसम्म मनाइने आजको इदलाई इद उ जोहा अर्थात ईल उद अधा पनि भन्ने गरिएको छ । विश्वभरिका मुसलमान समुदायले हिजारी सम्वत् अनुसार यो बकर ईद मनाउने गर्छन । हिजारी महिनाको १० औं दिन यो पर्व मनाइन्छ ।

नेपाल सरकारले बकर इदको अवसरमा भोलि आइतवार सार्वजनिक बिदा दिएको छ । इद मनाउँदा बिहानै सबेरै उठेर नुहाइधुवाई गरी शुद्ध हुने र खुला स्थान वा मस्जिदहरुमा गई नमाज पढ्नुका साथै एकआपसमा शुभकामना आदान प्रदान गर्ने गरिन्छ ।
इद पर्वका अवसरमा बंगलादेशी यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकारकर्मी राखिब उल हसनले नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यकहरुसँग मनाए । शुभकामना आदान प्रदान गरेर हसनले नेपालका समुदायका सदस्यसँग इद पर्व मनाएका हुन् ।
बंगलादेशको संस्कृति, रहन सहनबारे घुलमिल गराउँदै नेपालको रहन सहन र संस्कृतिबारे घुलमिल हुन समुदायका सदस्यसँग आफ्नो पवित्र पर्व इद मनाएको राखिबले वताए । उनलाई नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ, कार्यकारी निर्देशक मनिषा ढकाल लगायतका समुदायका सदस्यले इद पर्वको शुभकामना दिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.