समलिंगी तेस्रोलिंगी विद्यार्थीलाई कानुन पढ्न प्रोत्साहित गर्दै छु : रंजीता कार्की

समलिंगी तेस्रोलिंगी विद्यार्थीलाई कानुन पढ्न प्रोत्साहित गर्दै छु : रंजीता कार्की

काठमाडौं (पहिचान) भदौ १८ – नेपाल ल क्याम्पसकी विद्यार्थी नेतृ रंजीता कार्कीले समलिंगी तेस्रोलिंगीहरुलाई कानुन बढ्न प्रोत्साहित गरिरहेको बताएकी छन् । पहिचानसँगको कुराकानीमा नेपाल ल क्याम्पस नेपाल विद्यार्थी संघकी अध्यक्ष समेत रहेकी नेतृ कार्कीले समलिंगी तेस्रोलिंगी विद्यार्थीलाई सक्षम हुन र आत्मविश्वासपूर्ण जीवनका लागि कानुन पढ्न प्रोत्साहित गरेको बताइन् ।

‘रत्नराज्यलक्ष्मी क्याम्पसमा पढ्ने एकजना भाइ भक्ति शाह मेरो नजिक नैं हुनुहुन्छ, उहाँलाई स्नातक तह सकाएपछि कानुन पढ्न मैले प्रोत्साहित गरिरहेकी छुँ,’ अध्यक्ष रंजीताले भनिन्, ‘उहाँजस्तै अन्य विद्यार्थीहरुलाई पनि कानुन पढ्न चाहनुहुन्छ भने त्यहाँबाट प्राप्त हुने सुविधासहित म सहयोगका लागि तयार छु ।’ उनले नेपालको संविधानले समेत समलिंगी तेस्रोलिंगीलाई समान अधिकार दिएको भन्दै अब उनीहरुलाई समानतामा ल्याउन हरेक क्षेत्रले प्रोत्साहित गर्नुपर्ने बताइन् ।

‘संविधानले मौलिक हकमै यौनिक तथा लैंगिक अल्पसंख्यकलाई समान अधिकार दिइसकेको छ भने उनीहरुलाई हरेक क्षेत्रमा प्रोत्साहित गरेर अघि बढाउँदै समान बनाउन आवस्यक छ,’ रंजीताले भनिन्, ‘त्यसका लागि म कानुनको विद्यार्थी पनि भएकाले उहाँहरुले अन्यायमा परे भनेर आएमा म उहाँहरुको पक्षमा वकालत समेत गर्ने छु ।’

रंजीताले समलिंगी तेस्रोलिंगीलाई संविधानमा संबोधन गरिसकेपछि सबै अधिकार प्रदान गर्दै समानताको महसुस गराउनुपर्ने बताइन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.