समलिंगीहरु प्रक्रिया पुर्याएर आए भने म विवाह गराइदिन्छु : मुकुन्द रिजाल

समलिंगीहरु प्रक्रिया पुर्याएर आए भने म विवाह गराइदिन्छु : मुकुन्द रिजाल

काठमाडौं (पहिचान) भदौ २० – काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले समलिंगी जोडीहरु प्रक्रिया पुरा गरेर आए आफूले विवाह दर्ता गरिदिने बताएका छन् । पहिचानसँगको कुराकानीमा अध्यक्ष रिजालले इमान्दारिपूर्वक गरिने विवाहलाई संविधानको समानताको हकले नैं संबोधन गर्ने बताए ।

’संविधानले सबै नागरिकलाई समान अधिकार प्रदान गरेको छ संविधान अनुसारको अधिकार जनप्रतिनिधि वा अरुले रोक्न सक्दैन,’ अध्यक्ष रिजालले भने, ’त्यसैले कुनै समलिंगी पुरुष वा समलिंगी महिला विवाह गरेर आउँछन् भने म विवाह दर्ता गरेर पठाइदिन्छु ।’ उनले विवाह दर्ता गर्न आउँदा दुई मध्ये एकजनाको नागरिकता यहीको हुनुपर्ने कानुनी सर्त रहेको बताए ।

विवाह दर्ता नागरिकता वा स्थायी बसोबास जहाँ हो त्यही दर्ता गर्नुपर्ने भन्दै १६ नम्बर वडामा बसोबास भएकाहरुबीच विवाह भए त्यही दर्ता हुने बताए । रिजालले कानुनले सबै नागरिकलाई समान भनेको भन्दै कुनै पनि नागरिकलाई विभेद हुन नहुने बताए ।

 

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.