जसले आफ्नो छोराको लिंग परिवर्तन गराए

जसले आफ्नो छोराको लिंग परिवर्तन गराए

कास्की (पहिचान) भदौ २३ – बरिष्ठ हाँस्य कलारकार सन्तोष पन्तले समलिंगी तेस्रोलिंगीलाई विभेद गर्न नहुनेमा जोड दिएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको संस्था नील हिरा समाजको दुई दिने राष्ट्रिय परामर्श भेलामा उनले आफ्नो छोरालाई लिंग परिवर्तन गरेर छोरी बनाएको बताउँदै सबैले आफ्नो सन्तानको आकांक्षलाई बुझ्नु पर्ने बताए ।

१६ वर्षमा अमेरिका गएपछि उनले आफ्नो पहिचान थाहा पाएको र फर्किएर आएपछि आफ्नो चहानाबारे बताएपछि आफूले आफ्नो इच्छा अनुसार बाच्न सुझाव दिएको बताए ।

“भर्खर हर्मोनहरु चेन्ज हुन थालेका बेला उनले आफ्नो पहिचान खोलिन् मैले उनलाई आफ्नो इच्छा जे छ त्यही अनुसार बाँच्न भनेर पैसा दिएर बैंकक पठाएँ । उनलाई उसको दाईले बैंककमा ट्रिटमेन्ट गरेर सुन्दर बहिनी बनाएर ल्याए । अहिले उनी खुसी छिन् । उनको खुसी नै मेरो खुसी हो ।”

कलाकार पन्तले समाजमा अझै पनि समलिंगी तेस्रोलिंगीबारे नबुझेको बताए । समाजमा समलिंगी तेस्रोलिंगीलाई नबुझेको व्यक्तिलाई बुझाउनु पर्ने उनले बताए । नील हिरा समाजले समाजका नबुझेका व्यक्तिलाई यौनिक तथा लैंगिक अल्पसंख्यकबारे बुझाउनु पर्ने बताए । धेरै व्यक्तिलाई यसबारे थाहै नभएको उनको भनाइ छ ।

उनले २० वर्ष पहिले चलचित्र कोशेलीमा तेस्रोलिंगी भएर अभिनय गरेको प्रसंगसमेत सुनाएका थिए ।

उनले आफ्नो छोरी केट्लिनको नागरिकता केटाको नाममा भएकाले छोरीको नाममा नागरिकता लिन खोज्दा ९ महिना देखि फाइल मन्त्रालयमा घुमिरहेको बताए ।

कलाकार पन्तले टेलिभिजन कार्यक्रममार्फत समलिंगी तेस्रोलिंगीको मुद्दा उठान गर्न सकिनेमा जोड दिए । उनले सबैभन्दा धेरै प्रभावकारी माध्यम टेलिभजन भएको भन्दै टेलिसिरयल बनाएर चेतना फैलाउन सकिने बताए । कम्तिमा एक वर्ष साप्ताहिक कार्यक्रम बनाएर प्रस्तुत गर्न सक्ने उनको भनाइ छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.