कतिले मलाई भन्छन्—आर यू ओके ?

कतिले मलाई भन्छन्—आर यू ओके ?

कास्की (पहिचान) भदौ २३ -अभिनेत्री करिष्मा मानन्धरले अझै पनि समाजले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई स्वीकार गर्न नसकेको बताइन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको संस्था नील हिरा समाजको दुई दिने राष्ट्रिय परामर्श भेलामा आफूले समलिंगी तेस्रोलिंगीलाई सँधै समान व्यबहार गरेको भन्दै उनले समलिंगी तेस्रोलिंगी आफ्नो धेरै साथी भएको बताइन् ।

कति यो समुदायको साथी हुनुहुन्छ । उहाँहरुले जुन कार्यक्रममा बोलाए पनि म जान्छु । कति समलिंगी तेस्रोलिंगीहरु आफ्नो यौनिकताकै कारण आफूलाई एक्लो महसुस गर्नुहुन्छ मानन्धरले भनिन, म उहाँहरुलाई एक्लो फिल नगर्नुस् भन्छु । म चलचित्रमा काम गर्ने भएकाले लाग्छ सायद मैले कुनै दिन चलचित्र बनाएँ भने एलोन भन्ने चलचित्र बनाउँछु होला ।

उनले समलिंगी तेस्रोलिंगीलाई सँधै आफ्नो घरको ढोका खुला रहेको पनि बताइन् । आफूले अमेरिकामा बस्दा समलिंगी तेस्रोलिंगीबारे राम्रोसँग बुझ्न पाएको उनले बताइन् ।

आफू समलिंगी तेस्रोलिंगीसँग नजिक भएको देखेर कतिपयले आफूलाई आर यू ओके भन्ने गरेको स्मरण गर्दै अझै पनि धेरैले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई नबुझेको नायिका मानन्धरले बताइन् ।

कतिपय चलचित्रले समलिंगी तेस्रोलिंगीलाई नकारात्मक रुपमा चित्रित गरेको समेत उनले बताइन् । सबै नागरिक समान रहेको भन्दै उनले बिभेद गर्न नहुनेमा जोड दिइन् ।

विश्वमै समलिंगी तेस्रोलिंगीका विषयमा कमै मात्रै चलचित्र बन्ने गरेको भन्दै उनले बलिउडमा पनि कमै चलचित्र बन्ने गरेको बताइन् । विस्तारै नेपाली चलचित्रमा पनि समलिंगी तेस्रोलिंगीको विषय समावेश हुन थालेको नायिका मानन्धरको भनाइ छ ।

सञ्चारमाध्यमले यौनिक अल्पसंख्यकलाई नकारात्मक रुपमा चित्रण गरेको भन्दै उनले पत्रकारले समलिंगी तेस्रोलिंगीलाई बुझ्नु पर्ने बताइन् । उनले टेलिभिजन कार्यक्रम बनाएर समलिंगी तेस्रोलिंगीबारे सकारात्मक रुपमा सन्देश दिन सकिनेमा जोड दिइन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.