व्यवसायमा अग्रसर हुन तेस्रोलिंगी लामाको आग्रह

व्यवसायमा अग्रसर हुन तेस्रोलिंगी लामाको आग्रह

कास्की (पहिचान) भदौ २५ – तेस्रोलिंगी मेगना लामाले प्रहरी प्रशासनले अझै पनि आफ्नो व्यवसाय सञ्चालनमा दुःख दिने गरेको गुनासो गरेकी छन् । नील हिरा समाजले पोखरामा आयोजना गरेको दुई दिने राष्ट्रिय परामर्श भेलामा उनले तेस्रोलिंगीले सञ्चालन गरेको व्यवसायमा प्रहरीले दुःख दिने गरेको बताइन् ।

सबै मानव समान भएको भन्ने चेतना अझै पलाइनसकेका कारण यस्तो प्रहरी प्रशासनले नकारात्मक रुपमा हेर्ने गरेको उनको भनाइ छ ।
“तेस्रोलिंगीले सञ्चालन गरेको रेष्टुरेन्टमा को जान्छ भन्ने पनि धेरै छन् यस्तो अवस्थामा मैले पिंक टिफानी खोलेको थिएँ, लामाले भनिन्, तर राम्रोसँग चल्यो । उनले आफू जस्तै समलिंगी तेस्रोलिंगीलाई आत्मनिर्भर हुन समेत सुझाव दिइन् ।”

“यस्तो कार्यक्रममा आएर सुन्नेमात्रै होइन । यहाँ प्रस्तुत गरिएका इन्सपाइरिङ स्टोरीहरु सुनेर यसलाई लागु पनि गर्नुपर्छ, लामाले भनिन्, काठमाडौं आएर सेक्सवर्कर भएर बस्नु भन्दा आफ्नै गाउँमा कृषि कर्म गरेर बस्न सकिन्छ । त्यो आफ्नै लागि पनि फाइदा हुन्छ ।”

उनले आफ्नो पहिचानबारे थाहा पाउन र सुरुका दिनमा सहयोग गर्ने नील हिरा समाजलाई धन्यबाद समेत दिइन् । काठमाडौंको ठमेलमा पिंक टिफानी रेष्टुरेन्ट सञ्चालन गरिरहेकी उनले उक्त रेष्टुरेन्टको दर्ता लगायतका कानुनी प्रक्रियामा सहयोग गर्ने अधिबक्ता सुजन पन्तलाई समेत धन्यवाद दिइन् ।

अझै पनि समलिंगी तेस्रोलिंगीहरु स्वालम्बन हुनेतर्फ अग्रसर नभएको गुनासो गर्दै उनले नील हिरा समाजले दिने सिपमुलक तालिमको सदुपयोग गर्न समलिंगी तेस्रोलिंगीलाई सुझाव दिइन ।

 

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.