निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

तेस्रोलिंगीमाथि कुटपिट गर्नेलाई कारवाही गर्न प्रहरीमा उजुरी

तेस्रोलिंगीमाथि कुटपिट गर्नेलाई कारवाही गर्न प्रहरीमा उजुरी

641
SHARES

काठमाडौं (पहिचान) भदौ २९ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले आफूहरुलाई सर्वसाधारण देखि प्रहरी प्रशासन समेतले कुटपिट गरेको वताएका छन् । उनीहरुले काठमाडौंका सडकमा हिड्दा सर्वसाधारण देखि प्रहरी प्रशासनबाट समेत कुटपिट हुने गरेको नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङसँग वताएका हुन् ।

“सर्वसाधारणले कुटपिट गरेको उजुरी दिन जादाँ प्रहरीले उल्टै आफूहरुलाई कुटपिट गर्छन उनीहरुले भने, के हामी स्वतन्त्र पूर्वक हिडडुल समेत गर्न नपाउने हो  ?”  सर्वसाधारणको कुटपिटबाट तेस्रोलिंगी कुमारी राई घाइते भएकी छन् भने प्रहरीको कुटाईबाट लज्जावती मगर, कान्छीमाया तामाङ र सुन्तली लामा घाइते भएका छन् ।

काठमाडौंको चावहिलमा कुमारीलाई एक गाडिका धनीले निर्धात कुटेका हुन् । झगडा परिरहेको देखेर के भएको रैछ भनेर हेर्न गएको थिए कुमारीले भनिन्, झगडा हेरेर फर्कदै थिए झगडालु एक गाडिका धनीले अघि झगडा गर्ने यही हो भन्दै मान्छे लगाएर कुटपिट गरे । उनको टाउँको, आँखा, नाक र घुडामा चोट लागेको छ ।

साथीलाई कुटपिट भइरहेको छ भनेर प्रहरीसँग सहयोग माग्दा उल्टै आफूहरुले कुटाइ खाएको लज्जावती, कान्छीमाया र सुन्तलीले गुनासो गरे । प्रहरीसँग सुरक्षा माग्दा उल्टै कुटाइ खानु परेको उनीहरुको भनाई छ । सर्वसाधारण र प्रहरीबाट कुटपिटमा परेका तेस्रोलिंगीले महानगरिय प्रहरी वृत्त गौशालामा उजुरी दर्ता गराएको समाजकी अध्यक्ष पिंकी गुरुङले जानकारी दिइन ।

अन्यायमा परेकालाई न्याय दिनु पर्ने र कुटपिटमा संलग्नलाई तत्काल पक्रेर कारवाही गर्नु पर्ने माग सहित उजुरी दिएको गुरुङले वताइन । महानगरिय प्रहरी वृत्त गौशालाले कुटपिटमा संलग्नलाई खोजी गरेर कारवाही गर्ने प्रतिवद्धता जनाएको छ ।

 

समाचार शेयर गर्नुहोस्
641
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.