सकारात्मक सन्देश प्रवाह गरिदिन पत्रकारहरुलाई आग्रह

सकारात्मक सन्देश प्रवाह गरिदिन पत्रकारहरुलाई आग्रह

952
SHARES

अम्बिका दाहाल/ललितपुर (पहिचान) भदौ ३० – यौनिक तथा लैंगिक अल्पसंख्यकका समुदायका सदस्यले समाजमा सकारात्मक सन्देश प्रवाह गरिदिन संचारकर्मीलाई आग्रह गरेका छन् । पत्रकार विना आफूहरुको बिषय उठान नहुने भन्दै उनीहरुले सकारात्मक सन्देह प्रवाह गरिदिए समाजमा घुलमिल हुन सहज हुने वताए ।

“हामीलाई मिडियाले बच्चा जन्माउन सक्दैनन भनेर पनि लेख्ने गर्छन मितिनी नेपालमा कार्यरत लक्ष्मी घलानले भनिन्, पत्रकार नभइ हाम्रो बिषय माथि उठ्न सक्दैन तर पनि पत्रकारले राम्रो कुरा लेखिदिए हुन्थ्यो भन्ने लाग्छ ।” नेपाल वातावरण पत्रकार समुहले ललितपुरमा आयोजना गरेको आमसंचार र नागरिक समाज : अभ्यास अपेक्षा बिषयक गोष्ठीमा सहभागी घलानले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय भित्र पनि पत्रकारहरु रहेको वताइन ।

उनले अवसर नपाउँदा समुदायमा रहेका पत्रकार पछाडि परेको सुनाइन । उनले सबै पत्रकारलाई समुदायको समस्यालाई आफ्नै समस्या सम्झिएर लेखिदिन आग्रह गरिन । गैरसरकारी संस्था महासंघ नेपालकी केन्द्रीय सदस्य भावना भट्टले संचारमाध्यम र सामाजिक संघसंस्थाको हातेमालोले समुदायको बिषय माथि उठाउन मद्धत पुग्ने वताइन ।

सहभागीहरुले पैसाको तुलना गरेर समाचार लेख्ने काम गर्न नहुने र धाकधक्मी दिने पत्रकारलाई कारवाही गर्न आग्रह गरे । उनीहरुले ठूलो बिषयलाई मात्रै नभएर समाजमा विभेदमा परेका साना साना बिषयको पनि खोजी गरेर उजार गर्न पत्रकारहरुलाई आग्रह गरे ।

समाचार शेयर गर्नुहोस्
952
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.