मानवअधिकार उल्लंघनका घटनाको अभिलेखिकरण गर्न आग्रह

मानवअधिकार उल्लंघनका घटनाको अभिलेखिकरण गर्न आग्रह

राज चौधरी/बाँके (पहिचान) भदौ ३१ – नील हिरा समाजले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय माथि हुने मानवअधिकार उल्लघंनका घटनाको अभिलेखिकरण गर्न आग्रह गरेको छ । नेपालगंजमा भएको अभिलेखिकरण तालिममा समाजको सहारा परियोजनामा कार्यरत तेस्रोलिंगी अधिकारकर्मी भक्ति शाहले आफूमाथि हुने मानवअधिकार उल्लघंनका घटनाको अभिलेखिकरण गर्न आग्रह गरे ।

समुदायका सदस्यले विभिन्न मानसिक, शारिरीक यातना भोगिरहेको बताउँदै अधिकराकर्मी शाहले यस्ता घटनाको अभिलेखिकरण नहुँदा समस्या बढिरहेको वताए । उनले यस्ता घटनाको अभिलेखिकरण गर्न विभिन्न ठाउँमा अभिलेखिकरण तालिम दिइरहेको जानकारी दिए ।

नील हिरा समाज महेन्द्रनगरका संयोजक चाल्सबोन सिजापतीले अभिलेखिकरण भएमा उजुरी गर्न र न्याय पाउन सहज हुने वताए । समुदायमा घटना हुँदा समान्य रुपमा लिने भएकोले अभिलेखिकरण नगरेको पाइएको उनले वताए ।

उनले अभिलेखिकरणको विषयमा सबैलाई जानकारी हुनुपर्ने वताए । सुदुरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलका समलिंगी तेस्रोलिंगीलाई दिइएको एक दिने अभिलेखिकरण तालिममा अभिलेखिकरणको रिपोर्ट तयार गर्न सिकाइएको थियो ।

 

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.