मोडलिङमा पोख्त बन्दै ज्योती

मोडलिङमा पोख्त बन्दै ज्योती

काठमाडौैं (पहिचान) असोज ४ – पछिल्लो समय यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्य मोडलिङमा आकर्षित हुन थालेका छन् । समाजले सकारात्मक रुपमा लिन थालेसँगै समलिंगी तेस्रोलिंगी विभिन्न कला कौशल देखाउन अगाडि सरेका हुन् ।

फेसन, डिजाइन, फेसन शो, चलचित्रमा नायिका लगायतका भूमिका निर्वाह गर्न थालेका समलिंगी तेस्रोलिंगीलाई समाजले हेर्ने दृष्टिकोण सकारात्मक बन्दै गएको यो एउटा उदाहरण पनि हो । तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठ अहिले कान्छी चलचित्रमा नायिकाको सुटिङमा व्यस्त छिन भने मिस पिंक यनी लामा फेसन डिजाइनमा तल्लिन छन् ।

मेक अप आर्टिस सोफी सुनारलाई पाएको जिम्मेवारी पूरा गर्न समय थोरै हुने गरेको छ भने पिंक टिफानीकी संचालिका मेघना लामा ग्राहक नै आफ्नो सम्पत्ती हो भन्छिन् । यस्ता धेरै समलिंगी तेस्रोलिंगी जिविको पार्जनसँगै समाज बदल्ने अभियानमा संलग्न छन् ।

तेस्रोलिंगी अधिकारकर्मी ज्योती थापालाई हरेक बर्ष कुनै न कुनै फेशन शोमा मोडलिङको अफर आइरहन्छ । उनी आफ्नो अधिकार प्राप्तिको अभियानलाई थप उचाईमा पुर्याउन मोडलिङको भूमिका निर्वाह गर्न लागिरहन्छिन् । केहीदिन अघि भक्तपुरमा सर्वसाधारणमा फेसन र मोडलिङसम्बन्धी रहेको नकारात्मक सोच बदल्ने कार्यक्रममा तेस्रोलिंगी अधिकारकर्मी ज्योती सहभागी भइन ।

राफेल इन्स्टिच्युट अफ फेसन एण्ड आर्टस् (रिफा) ले भक्तपुरमा आयोजना गरेको राफल स्नाफल फेसन सो सिजन पाँचमा ज्योतीले सहभागिता जनाएकी हुन् । ज्योतीले फेसन सोमा रिफामा फेसन डिजाइनिङ कोर्स पूरा गरेका १९ जना डिजाइनरले तयार गरेको लुगामा सात वटा फरकफरक सिक्वेन्समा ¥याम्प प्रस्तुत गरिन ।

ज्योतीसँगै २६ जना मोडलहरुले याम्प नाप्दै दर्शकहरुलाई मन्त्रमुग्ध पारे । ज्योती गरे हुँदैन भन्ने एउटा उदाहरण पनि हुन् । उनले यस्ता कार्यक्रममा सहभागी हुन पाउँदा मन प्रफुल्ल हुने वताइन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.