तेस्रोलिंगीको विषयमा ‘घायल घोडा…’ आउँदै

तेस्रोलिंगीको विषयमा ‘घायल घोडा…’ आउँदै

काठमाडौं (पहिचान) असोज ९ – गायक राजेश शाहीले समलिंगी तेस्रोलिंगीको विषयलाई समेटेर गीत गाउने तयारी गरिरहेको बताएका छन् । समलिंगी र तेस्रोलिंगीले भोगिरहेको समस्यालाई मध्यनजर गरेर गीत गाउन लागेको उनले बताए ।

“मेरो गीत अन्तिम चरणमा पुगेको छ । एरेन्जको चरणमा छ । एउटा साथी सांगीतिक कार्यक्रम लिएर कोरिया जानु भएको छ । उहाँ आउने वित्तिकै यसले पूर्णता पाउने छ,” उनले भने ।

शाहीका अनुसार उनको गीतको बोल ‘घायल घोडा…’ हो । “घायल घोडा जसरी न रेसमा दौडन सक्छ न त्यसलाई अन्य कामका लागि नै काममा ल्याउन सकिन्छ । त्यस्तै तेस्रोलिंगीको पनि अवस्था छ उनले भने, यही विषयलाई लिएर मैले यो गीत तयार गरेको हुँ ।”

शाहीले ‘घायल घोडा…’ दसैं र तिहारको बीचमा सार्वजनिक गर्ने जानकारी दिए ।

आफ्नो साथ सहयोग सँधै समलिंगी तेस्रोलिंगीलाई रहने भन्दै गायक शाहीले गीत संगीतले पनि यो विषयलाई समावेश गर्दै जानु पर्नेमा जोड दिए ।

फरक पहिचान भएकै कारण विभेद गर्नु नहुनेमा उनको जोड छ । “हामी सबै समान हौं । हामी भन्दा फरक कोही छ भने म त यसलाई भगवान सम्झिन्छु । जो हामी भन्दा आफैं फरक भएर जन्मियो ।”

 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.