तेस्रोलिंगीको क्यारेक्टर जान्न चलचित्र ऐश्वर्य रिलिजको दिनसम्म कुर्नुपर्छ : नायक उप्रेती

तेस्रोलिंगीको क्यारेक्टर जान्न चलचित्र ऐश्वर्य रिलिजको दिनसम्म कुर्नुपर्छ : नायक उप्रेती

काठमाडौं (पहिचान) असोज १७ – नायक रमेश उप्रेतीले प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ऐश्वर्य’ ले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई पनि समेटेको बताएका छन् । “मेरो निर्माणमा रहेको चलचित्रले तेस्रोलिंगीलाई पनि समेटेको छु,” नायक उप्रेतीले भने, “कस्तो क्यारेक्टर छ त्यो जान्न भने चलचित्र रिलिजको दिनसम्म कुर्नेपर्छ ।”

उनले आगामी दिनमा आफूले निर्माण गर्ने अन्य चलचित्रमा पनि यौनिक तथा लैंगिक अल्पसंख्यकको चरित्र आवश्यक भए समावेश गर्न सकिने बताए । “म आफन्त भन्दा कसले चरित्रलाई न्याय गर्न सक्छ उसलाई मैले खेलाउने हो,” उनले भने, “यदी कथालाई न्याय गर्छ भने समलिंगी हुन या तेस्रोलिंगी हुन त्यसले फरक पर्दैन ।”

समलिंगी तेस्रोलिंगी भएकै कारण कसैलाई विभेद गर्नु नपर्ने उनको भनाइ छ । “म ७ वर्ष अमेरिका बसें । त्यहाँ यहाँ जस्तो समलिंगी तेस्रोलिंगीलाई विभेद हुँदैन । त्यहाँ त गे बार नै सञ्चालनमा छ । सकैलाई केही मतलब नै हुन्न,” उनले भने, “यहाँ पनि केही विभेद गर्नुपर्छ भन्ने जस्तो मलाई लाग्दैन ।”

कोही पनि व्यक्ति रहरले समलिंगी तेस्रोलिंगी नहुने भन्दै उप्रेती भन्छन्, “समलिंगी, तेस्रोलिंगी आफैं जन्मियौं भनेर जन्मिएको होइन । अटोमेटिक यस्तो जन्मिएको हो । यो उमेरसँगै बिस्तारै विकास हुँदै जाने हो । त्यसैले फरक यौनिक झुकाव भएकै कारण विभेद गर्नुको अर्थ छैन ।”

महिला पुरुष जस्तै यौनिक तथा लैंगिक अल्पसंख्यकलाई पनि माया र सद्भाव आवश्यक रहेको उनले बताए । “उहाँहरुलाई त हामीले माया र सद्भाव दिनुपर्छ, सँगै उभ्याउनुपर्छ । जसरी हामीले जनजातीलाई आरक्षण दिएर सँगसँगै लग्यौं त्यसैगरी उनीहरुलाई पनि अवर दिनुपर्छ,” उनले भने ।

नायक उप्रेती मान्छेका दुई जात महिला र पुरुष भएको बताउँछन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.