समलिंगी तेस्रोलिंगीप्रति हामी पूर्वाग्रही छैनौँ : महिला मन्त्रालय

समलिंगी तेस्रोलिंगीप्रति हामी पूर्वाग्रही छैनौँ : महिला मन्त्रालय

अम्बिका दाहाल/काठमाडौं (पहिचान) असोज १९ – महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव भरत शर्माले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबारे जनचेतना लगाउने कामले निरन्तरता पाउने वताएका छन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायप्रति रहेको आम मान्छेको नकारात्मक बुझाई हटाउन मन्त्रालयले सहयोग गर्ने शर्माले बताए । “मन्त्रालयले विनियोजन गरेको बजेटमा नील हिरा समाजले पहिला पनि केही काम गरेको छ । त्यसले आगामी दिनमा पनि प्रक्रिया पुर्याएर आए निरन्तरता पाउँछ,” उनले भने ।

यसपटक समयमै बजेटको माग नहुँदा बजेट फ्रिज भएको भन्दै उपसचिव शर्माले भने, “मन्त्रालयले पूर्वाग्रही भएर बजेट विनियोजन नगरेको भने होइन ।”

मन्त्रालयको सहयोगमा समलिंगी तेस्रोलिंगीको क्षमता अभिवृद्धिका कार्यक्रम ड्राइभिङ र व्यूटिसियन तालिम संचालन गरेको पनि उनले स्पष्ट पारे ।

“वास्तविकता हो भनेर समाजलाई बुझाउनु पर्छ भनेर सचेतनाका कार्यक्रम यो बर्ष पनि संचालन गर्छौ । विद्यालय जादा जादै स्कूल ड्रप आउट हुने कारणले रोजगारको अवसर मिलाउनु पर्छ । परिवारमा बस्ने वातावरण मिलाउनु पर्छ । २ जनाले चालक अनुमति पत्र लिइसकेका छन् । केही रोजगारीमा यस्ता कार्यक्रमले सहयोग गर्छ । यस्ता तालिम समुदायकै सदस्यबाटै छनौटमा दिनु पर्छ । उहाँकै सहभागितामा कार्यक्रम संचालन गर्नुपर्छ,” शर्माले भने ।

समलिंगी तेस्रोलिंगीबारे धेरैलाई थाहा नभएको र जानकारी गराउँदा आफूहरुलाई थाहा नहुने भनेको बताउने गरेको भन्दै उनले भने, “सिहंदरबार भित्रै समुदायका सदस्य र सरकारी कर्मचारीबीच अन्तरक्रिया गर्यौं । यो समुदायबारे बताउँदा हामीलाई यसबारे थाहा थिएन भन्छन् । मैले पनि पछि मात्रै यसबारे थाहा पाएको हुँ ।”

समलिंगी तेस्रोलिंगीको नागरिकतामा उनीहरुको पहिचान झल्किने स्पष्ट ब्यबस्था गरे मन्त्रालयलाई उनीहरुको स्वास्थ्य उपचार लगायतका अन्य सेवामा सहयोग गर्न सहज हुने उनको भनाइ छ ।

समलिंगी विवाहको प्रतिवेदन मन्त्रालयमा आएको विषयमा उनले समलिंगी विवाह मात्रै भनेर नपुग्ने भन्दै तेस्रोलिंगीको विवाह सहित सबै समूहलाई सम्बोधन हुने गरी काम गर्नु पर्ने भएकाले केही ढिलो भएको स्पष्ट पारे ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.