प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा १ सय ७० जना तेस्रोलिंगीलाई मतदान गर्ने अधिकार

प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा १ सय ७० जना तेस्रोलिंगीलाई मतदान गर्ने अधिकार

काठमाडौं (पहिचान) असोज १९ – आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा १ सय ७० जना तेस्रोलिंगी मतदातालाई मतदान गर्ने अधिकार प्राप्त भएको छ । निर्वाचन आयोगका अनुसार एक करोड ५४ लाख २७ हजार ७३१ मतदाता मध्ये १ सय ७० तेस्रोलिंगी मतदातालाई मतदान गर्ने अधिकार प्राप्त भएको हो ।

मतदाता नामावलीअनुसार पुरुष मतदाताको सङ्ख्या ७७ लाख ७६ हजार ४९६ छ भने महिला मतदाताको सङ्ख्या ७६ लाख ५१ हजार ६५ रहेको छ । यस्तै तेस्रोलिंगी मतदाताको सङ्ख्या १ सय ७० रहेको आयोगले जनाएको छ ।

सरकारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन मिति घोषणा गरेको दिन अर्थात् भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताहरूको नाम मतदाता नामावलीमा समावेश गरिएको आयोगले जनाएको छ ।

पाँच वटा स्थानीय तह रहेको कास्की जिल्लामा चार जना तेस्रोलिंगी मतदाता रहेका छन् ।

कूल दुई लाख ५५ हजार ४ सय ८१ जना मतदाता रहेकामा चार जना तेस्रोलिंगीले पहिचान खुलाएर मतदाता नामावलीमा नाम लेखाएको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ । निर्वाचन आयोगका अनुसार पाँचवटै स्थानीय तहमा एक लाख १९ हजार ३०२ पुरुष, एक लाख ३६ हजार १७५ महिला र चार जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.