निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नेताहरु आफै अल्पसंख्यक हुँदा यौनिक अल्पसंख्यकका मुद्धा संबोधनमा ढिलाई : विष्णु दाहाल

नेताहरु आफै अल्पसंख्यक हुँदा यौनिक अल्पसंख्यकका मुद्धा संबोधनमा ढिलाई : विष्णु दाहाल

908
SHARES

काठमाडौं (पहिचान) असोज २० – राजनीतिक विश्लेषक तथा समाजशास्त्रि विष्णु दाहालले दलका नेताहरु दलभित्रै अल्पसंख्यक हुँदा अल्पसंख्यकका अधिकार संबोधनमा ढिलाई भएको बताएका छन् । पहिचानसँगको कुराकानीमा दाहालले अहिलेको ‘कर्पोरेट पोलिटिक्स’ले राजनीतिमा पहुँच भएका र नभएका नेताहरुमा ध्रुवीकृत भएको बताए ।

‘राजनीति सिद्धान्तले भन्दा पनि स्वार्थबाट ध्रुवीकृत हुँदा पहुँच भएका र नभएका नेताहरुमा हरेक पार्टी ध्रुवीकृत छन्,’ समाजशास्त्रि दाहालले भने, ‘त्यही कारण संविधानमा लेखिएको यौनिक तथा लैंगिक अल्पसंख्यक सहित अन्य अल्पसंख्यकको अधिकार कार्यान्वयनमा आउन सकेको छैन ।’ उनले अहिले ‘राजनीति नैं कर्पोरेट हुँदा’ सिद्धान्तले भन्दा फाइदाको पछि लाग्ने क्रम देखिएको बताए ।

‘राइट नाउ वी आर इन कर्पोरेट पोलिटिक्स,’ दाहालले भने, ‘त्यसैले अहिले जनताको हित र सबैका अधिकारको सुनिश्चितता भन्दा बढी शिर्ष नेताहरुको आत्म सुरक्षाले बढी ठाउँ पाइरहेको छ ।’ उनले त्यसो हुँदा अल्पसंख्यकका अधिकार स्थापित हुन केही ढिला भएको बताए ।

‘यौनिक तथा लैंगिक अल्पसंख्यकका अधिकार राजनीतिक कारणले केही ढिला त हुने नैं भयो, किन भने संसद संविधानले भनेका कानुन बनाइनसक्दै विघटन हुने दिन नजिकिदै छ,’ दाहालले भने, ‘तर, यौनिक तथा लैंगिक अल्पसंख्यकसहित सबैका अधिकार संविधानले सुनिश्चित गरिसकेकाले रोक्न भने कसैले सक्दैन ।’ उनले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले पनि दलहरुलाई राजनीतिक खिचातनीमा नअड्किएर आफ्ना मुद्धा संबोधन गर्न दवाव दिनुपर्ने आवश्यक भएको बताए ।

यौनिक तथा लैंगिक अल्पसंख्यकले समान अधिकारका लागि केही समय विशेषाधिकार आवस्यक भएकाले त्यसका लागि सबैले काम गर्नुपर्ने दाहालको भनाई थियो ।

समाचार शेयर गर्नुहोस्
908
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.