दश महिनाको रस्साकस्सीपछि बल्ल नेहालाई पहिचान अनुसारको नागरिकता

दश महिनाको रस्साकस्सीपछि बल्ल नेहालाई पहिचान अनुसारको नागरिकता

इन्दिरा न्यौपाने/मकवानपुर (पहिचान) असोज २१ – तेस्रोलिंगी नेहा मानन्धरले लिंगको महलमा अन्य उल्लेख गरेको नागरिकता प्राप्त गरेकी छन् । विगत १० महिना अघिदेखि आफ्नो पहिचान अनुसारको नगरिकता सच्याउन जिल्ला प्रशासन कार्यालय धाउदा धाउदा नेहाले बल्ल लिंगमा अन्य उल्लेख भएको नागरिकता पाएकी हुन् ।

जग्गाको कारोबार गर्न खोज्दा उनको पहिचान र नागरिकतामा फरक पाएपछि नापी कार्यालयले उनलाइ जग्गाको कारोबारमा नै रोक लगाएको थियो । त्यसपछि उनी प्रशासन कार्यालय मकवानपुर धाउन थालेकी हुन् । सर्वोच्चको आदेश, गृह मन्त्रालयको परिपत्र र नेपालको संविधान २०७२ मा पहिचान अनुसारको नगरिकता दिने भनिए सगै धेरै जिल्ला प्रशासन कार्यालयले तेस्रोलिंगीलाइ लिंगको महलमा अन्य उल्लेख गरेर नागरिकता दिइसकेका छन् ।

विभिन्न जिल्लाबाट तेस्रोलिंगीहरुले अन्य उल्लेख गरेको नागरिकता पाए पनि नया बनाउनेलाइ मात्र अन्य उल्लेख गरेर दिन सकिने भन्दै मकवानपुर जिल्ला प्रशासन कार्यालयले आलटाल गरिरहेको थियो । तर, दिपेश मानन्धर नेहाले लिंगको महलमा अन्य उल्लेख भएको नागरिकता प्राप्त गरिन् ।

यस अघि तेस्रोलिंगी महिला अजिता भुजेलले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट पहिचान सहितको नागरिकता लिएकी थिइन् । पहिचान अनुसार लिंगको महलमा अन्य उल्लेख भएको नागरिकताको प्रतिलिपि लिने तेस्रोलिंगी नेहा मकवानपुरबाट पहिलो हुन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.