तेस्रोलिंगी शिल्पा समानुपातिक सांसदमा सिफारिस

तेस्रोलिंगी शिल्पा समानुपातिक सांसदमा सिफारिस

काठमाडौं (पहिचान) असोज २२ – नेकपा एमाले दाङले तेस्रोलिंगी शिल्पा चौधरीलाई समानुपातिक सांसदको बन्द सूचिमा नाम समावेश गर्न सिफारिस गरेको छ । प्रदेश नम्वर ५ को दाङ क्षेत्र नम्वर १ को प्रदेश नम्वर २ बाट चौधरीलाई समानुपातिक तर्फको बन्द सूचिमा नाम समावेश गर्न एमाले दाङले पार्टी केन्द्रीय कार्यालयमा नाम सिफारिस गरेको हो ।

शिल्पा एमाले जिल्ला कमिटी सदस्य, अखिल नेपाल महिला संघको जिल्ला सदस्य एवं पार्टीको आर्थिक विभागको सदस्य छिन् । उनले जनप्रतिनिधि बनेर आफ्नो क्षेत्रको विकास गर्ने इच्छा रहेको वताइन । पार्टीले आफुलाई सांसद बनाएर आफ्नो क्षेत्रको विकास गर्ने चाहना पूरा गरिदिनेमा शिल्पाको विश्वास छ ।

उनले भरखरै मात्रै थाइल्याण्डबाट सेक्स चेञ्ज गरेर फर्केकी हुन् । “मलाई पहिलेदेखि नै महिला बन्ने इच्छा थियो पहिचान अनलाइनसँग शिल्पाले भनिन, अहिले म पुरै महिला बनेर आएकी छु ।” शिल्पा ५ बर्षदेखि नेकपा एमालेमा क्रियाशिल छिन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.