तेस्रोलिंगी माथी प्रहरी ज्यादती : नाङ्गै बनाएर कुटपिट देखी कण्डम कोच्याउने सम्मको दुर्ब्यवहार

तेस्रोलिंगी माथी प्रहरी ज्यादती : नाङ्गै बनाएर कुटपिट देखी कण्डम कोच्याउने सम्मको दुर्ब्यवहार

सुनसरी (पहिचान) असोज २३ – सुनसरीको इटहरीस्थित तेस्रोलिंगीहरूले बिना कुनै कसुर आफुहरूलाई प्रहरीले अनावस्यक पक्राउ गरी हदै सम्मको दुर्ब्यवहार गरेको आरोप लगाएका छन । आज इटहरीमा पत्रकार सम्मेलन गर्दै पक्राउ परेका तीन जना तेस्रोलिंगीहरूले प्रहरीबाट आफुहरू अशुरक्षीत भएको बताए ।

इटहरीस्थित जनता उच्च मावीको खेल मैदानमा सञ्चालन हुदै आएको रमाइलो मेला हेरी घर फर्कदै गर्दा प्रहरीले अनुशन्धान गर्नुछ भन्दै पक्राउ गरी कार्यालयमा हदै सम्मको दुर्ब्यवहार गरेको तेस्रोलिंगीहरुले पत्रकार सम्मेलनमा बताए । प्रहरी सुत्ने कोठामा लगेर नाङ्गै बनाइ जबरजस्ती कण्डम खुवाउने एवं कोच्याउनेसम्मको दरव्यवहार गरेको पीडितहरूले बताए

रमाईलो मेलाका नाममा जुवाजन्य मेला लगाएर समाजभित्र विकृति फैलाउने जस्तो कार्य गर्ने स्वीकृति दिएको र मेला हेरेर फर्कदै गरेका तेस्रोलिंगीलाई नियन्त्रणमा लिई अमानवीय दुब्र्यवहार गर्नेमाथि कार्वाहीको माँग गर्दै आज सोमबार लिखित जाहेरी समेत दिएको नील हिरा समाजको शाखा कार्यालय इटहरीका बिनोद वाग्लेले बताए ।

प्रहरीको पिटाईबाट मोनिका परियारको देब्रे खुट्टामा निलडाम प्रष्टै देखिएको छ भने अर्का अभय लिम्वुको हात सुन्निएको छ । उनीहरु अहिले स्थानीय अस्पतालमा स्वास्थ्य जाँच गरी सामान्य अवस्थामा रहेका छन ।

घट्नामा आफ्नो सहकर्मीहरू माथी भएको ज्यादतीप्रति आक्रोेस पोख्दै नील हिरा समाज इटहरीका प्रमुख रवि श्रेष्ठले प्रहरीले देखाएको अमानवीय र क्रुरताको ज्यादती क्षमा योग्य नरहेको र दोषीलाई तत्काल कडा भन्दा कडा कार्वाहीको माग गरेका छन । यस बिषयमा प्रहरीले भने कुनै प्रतिक्रिया दिएको छैन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.