हिजो के भयो छोडौं, अब तेस्रोलिंगी माथि विभेद हुन हुँदैन : दिनेश भूर्तेल

हिजो के भयो छोडौं, अब तेस्रोलिंगी माथि विभेद हुन हुँदैन : दिनेश भूर्तेल

956
SHARES

काठमाडौं (पहिचान) असोज २७ – नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमिति सदस्य दिनेश भूर्तेलले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमाथि हिजो के भयो भन्ने विर्शेर अब विभेद बन्द गरिनुपर्ने बताएका छन् । पहिचानसँगका कुराकानीमा सदस्य भूर्तेलले हिजो धेरै थिचो मिचो र विभेद भएको भन्दै अब त्यसलाई भुलेर सबैले समतामुलक समज निर्माणमा लाग्नुपर्ने बताए ।

‘हिजो यौनिक तथा लैंगिक अल्पसंख्यक सहित धेरै समुदाय र व्यक्तिमाथि विभेद भएका छन, ती कुरा सम्झियो भने अहिले पनि त्यसले पिडा दिनसक्छ,’ भूर्तेलले भने, ‘त्यसैले हिजो के भयो भुलौं, अब समलिंगी तेस्रोलिंगी सहित कसैलाई पनि विभेद गर्न हुँदैन ।’ उनले युवाहरु समाज परिवर्तनका बाहक भएको भन्दै युवाहरुले कहि विभेद भएको पाएमा त्यसका विरुद्ध आवाज उठाउनुपर्ने बताए ।

‘कहि समाजमा तेस्रोलिंगी वा अन्य कसैमाथि विभेद भएको छ भने त्यस विरुद्ध तत्काल आवाज उठाउने र समाजलाई बुझाउने काम युवाले गर्नुपर्छ,’ भूर्तेलले भने, ‘कहि विभेद देखियो भने म पनि विभेद विरुद्ध आवाज उठाउने छुँ ।’

समाचार शेयर गर्नुहोस्
956
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.