व्यस्त हुँदै सन्ध्या

व्यस्त हुँदै सन्ध्या

काठमाडौं (पहिचान) असोज २७ – सन्ध्या लामाले पुरुषका रूपमा जन्म लिए पनि साहसिक रूपमा आफूलाई तेस्रोलिंगीका रूपमा सार्वजनिक गरेर महिला वेशभूषा धारण गरेकी छिन् । झट्ट हेर्दा उनलाई कसैले पनि पुरुषबाट महिलामा रुपान्तरित तेस्रोलिंगी भन्न सक्दैनन् । यही रूपरंग एवम् जन्मजात नृत्य प्रतिभाले उनलाई म्युजिक भिडियो तथा चलचित्रमा अवसरको बाटो खोलिदिएको छ ।

३० वर्षीया सन्ध्या हालै भारतको मुंगेरबाट एउटा भोजपुरी म्युजिक भिडियोमा दुईवटा गीतमा अभिनय गरेर फर्किएकी छिन् । भोजपुरी चलचित्र ‘किस्मत’ को एउटा आइटम गीतमा आकर्षक नृत्य गरेकी सन्ध्याले अर्को भोजपुरी चलचित्र ‘जब प्यार किया तो डरना क्या’ मा एचआईभीविरुद्ध जनचेतना फैलाउने अभिनय गरेकी छिन् ।

२००८ मा काठमाडौंमा विश्व बैंकले आयोजना गरेको तेस्रोलिंगीहरूको ‘मिस ब्युटी एन्ड ब्रेन’ प्रतियोगिताको उपाधि जितेकी सन्ध्या बैंककमा सम्पन्न तेस्रोलिंगीहरूबीचको ‘मिस इन्टरनेसनल क्विन’ को अन्तिम १० सम्म पुगेकी थिइन् ।

साभार : कान्तिपुर साप्ताहिक

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.