अभिभावकको भेला बोलाएर घृणा नगर्न आग्रह गर्छौ : वडा अध्यक्ष राई

अभिभावकको भेला बोलाएर घृणा नगर्न आग्रह गर्छौ : वडा अध्यक्ष राई

इन्दिरा न्यौपाने/मकवानपुर (पहिचान) असोज ३१ – वडा अध्यक्ष भैरव बहादुर राईले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाएका छन् । पहिचानसँगको कुराकानीमा मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्वर १७ का वडा अध्यक्ष राईले सिंहदरवारको अधिकार स्थानीय तहमा अझै नआएको बताउँदै आउने दिनमा समुदायका लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए ।

“तेस्रोलिंगी यो ठाउँमा छन भन्ने जानकारी छ राइले भने, समाजको हेर्ने दृष्टिकोण सकारात्मक नहुँदा खुलेर म यो हुँ भन्ने अवस्था देखिएको छैन । ” उनले राज्य र समाजले घृणाको नजरले हेरेका कारण वडा नम्वर १७ मा रहेका समलिंगी तेस्रोलिंगी खुलेर आउन नसकेको वताए । उनले अभिभावक, आमा, दिदिहरुको भेला बोलाएर समलिंगी तेस्रोलिंगीलाई घृणा गर्नु हुँदैन भनेर जनचेतना जगाउने जानकारी दिए ।

राईले समलिंगी तेस्रोलिंगी व्यक्तिहरु आफ्नो वडामा भएको र आफुले विजय प्राप्त गर्नुमा उनीहरुको पनि ठुलो हात रहेको भन्दै जनचेतना जगाउने काममा लाग्ने प्रतिवद्धता जनाए । “समलिंगी तेस्रोलिंगी व्यक्तिहरु जुन ठाउमा पनि हुन्छन्, यस वडामा पनि छन् उनले भने— पारिवारिक र सामाजिक डरले गर्दा आफ्नो पहिचान सहित अगाडी आउन सकेका छैनन् । त्यसको लागि जनचेतना फैलाउनु आवश्यक छ । ”

वडा अध्यक्ष राईले समस्या लिएर कार्यालयसम्म आएमा उनीहरुलाइ जस्तोसुकै अवस्थामा पनि सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । शिक्षण संस्थाहरुमा तेस्रोलिंगीको छुट्टै कोलम राख्न लगाउने राईले वताए । अब आफ्नै वडाका विद्यालयहरुमा समलिंगी तेस्रोलिंगीहरुको लागि सहज हुने फारम उपलब्ध गराउनेदेखि शौचालयको व्यवस्था समेत गर्न आफु लाग्ने राइले प्रतिवद्धता जनाए ।

बाटो, खानेपानी र बत्तीको विकास गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको राईको भनाई छ । उनले बिद्यमान अवस्थामा पिछडिएका महिलालाई समाजमा कम्तीमा पनि पुरुष सरह एकै ठाउँमा जान सक्ने वनाउन बजेट विनियोजन गरिएको जानकारी पनि दिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.