महिला अंग प्रत्यारोपण गरेकी सन्ध्याको अनुभव ‘तीन महिनासम्म पुरा रेष्ट गर्नुपर्छ, शारीरिक रुपमा पनि कमजोर होइन्छ’

महिला अंग प्रत्यारोपण गरेकी सन्ध्याको अनुभव ‘तीन महिनासम्म पुरा रेष्ट गर्नुपर्छ, शारीरिक रुपमा पनि कमजोर होइन्छ’

काठमाडौं (पहिचान) कार्तिक २ – तेस्रोलिंगी सन्ध्या लामाले अंग प्रत्यारोपणबाट आफ्नो शारीरिक परिवर्तन पछि पहिचानसँग आफ्नो अनुभव साटेकी छन् । सन्ध्याले दुई महिना अघि थाइल्याण्डको बैंकक पुगेर पुरुष अंग हटाएर महिला यौनाङ्ग प्रत्यारोपण गरेकी हुन् । उनले अंग प्रत्यारोपण पछि तीन महिना पुरापुर आराम गर्नुपर्ने बताएकी छन् ।

‘तीन महिनासम्म पुरा आराम गर्नुपर्छ, लामो यात्रा गर्नु हुँदैन, मोटरसाइकल वा स्कुटरको यात्रा पनि गर्नु हुँदैन,’ सन्ध्याले पहिचानसँग भनिन्, ‘शारीरिक रुपमा भारी हुने कामका लागि त सधैका लागि कमजोर होइन्छ ।’ उनले महिला अंग राखेसँगै महिलाकै जस्तै स्वभाव र शरिर समेत विकास हुन थाल्ने बताइन् ।

सन्ध्याले धेरै सोचेर मात्र अंगप्रत्यारोपणको निर्णय लिएको भन्दै अरुलाई पनि सोचेर मात्र त्यस्को राम्रा नराम्रा पक्ष र आफ्नो स्वभाव समेतलाई ध्यानामा राखेर मात्र निर्णयमा पुग्न सुझाव दिइन् । ‘कतिलाई मानसिक रुपमा नैं परिवर्तन आउने र मानसिक समस्या आउनेसम्मको अवस्था पनि आउन सक्छ,’ सन्ध्याले भनिन्, ‘कतिपयमा सेक्सुवालिटीमै परिवर्तन आएर पहिला पुरुष मन पराउनेहरु अंग प्रत्यारोपण पछि लेसवियन पनि हुन सक्छन् ।’

उनले त्यही कारण अप्रेसन गर्नु अघि साइको सेक्सुवल काउन्सिलिङ आवस्यक हुने बताइन् । सन्ध्याले आफूलाई भने त्यस्तो कुनै समस्या नआएको जानकारी दिइन् ।

 

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.