निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

ज्यान मार्ने धम्की दिने टोले गुण्डालाई कारवाही गर्न माग

ज्यान मार्ने धम्की दिने टोले गुण्डालाई कारवाही गर्न माग

700
SHARES

काडमाडौं (पहिचान) कार्तिक ६ – काठमाडौं सोह्रखुट्टेमा केही टोले गुण्डाले समलिंगी तेस्रोलिंगी बस्ने कोठमा तोडफोड गरेर ज्यान मार्ने धम्की दिएका छन् । स्थानीय माया तामाङको घरको तल्लो तलामा भाडामा बस्दै आएका मधु केसी, जेनी लामा लगायतका समलिंगी तेस्रोलिंगीलाई स्थानीय टोले गुण्डाले ज्यान मार्ने धम्की दिएका हुन ।

काम सकेर कोठा फर्कदै गर्दा अपशब्द प्रयोग गर्ने र कोठ पुगेपछि ७ ८ जनाको समूहका टोले गुण्डाले घरको ढोकामा लात्ताले हानेर भाला र खुकुरी देखाएर ज्यान मार्ने धम्की दिएको तेस्रोलिंगी मधु केसीले वताए । ” हामी तेस्रोलिंगी स्वतन्त्र पूर्वक हिड्न त पाइरहेका छैनौ, महानगरिय प्रहरी वृत्त सोह्रखुट्टेमा नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङको नेतृत्वमा पुगेका पीडित तेस्रोलिंगीले पहिचान अनलाइनसँग भने, कोठामै आएर धम्की दिनेलाई कारवाही होस ।”

समाजकी अध्यक्ष गुरुङले समुदायका सदस्यलाई ज्यान मार्ने धम्की दिएर तोडफोड गर्नेलाई कारवाही गर्न प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी निरिक्षक उमेश लम्सालसँग माग गरिन । पीडित समलिंगी तेस्रोलिंगी र घरधनी माया तामाङले पटक पटक घरको ढोकामा लात्ताले हानेर झ्यालका सिसा फुटाउनेलाई पक्रेर कारवाही गर्न लिखित निवेदन दिए । “मेरो घरमा तीन बर्षदेखि तेस्रोलिंगीलाई भाडामा राख्दै आएकी छु मायाले भनिन, उनीहरुबाट अहिलेसम्म कुनै नराम्रो भएको छैन ।” उनले समलिंगी तेस्रोलिंगी पनि आफूहरु जस्तै मानव भएकोले समान व्यवहार गर्नुपर्ने वताइन ।

प्रहरी निरिक्षक उमेश लम्सालले तोडफोड गर्ने र ज्यान मार्ने धम्की दिने टोले गुण्डालाई पक्रेर कारवाही गर्ने वताए । उनले ति गुण्डा देख्ने वित्तिकै प्रहरीमा खवर गर्न पीडितलाई आग्रह पनि गरे ।

समाचार शेयर गर्नुहोस्
700
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.