समलिंगी तेस्रोलिंगी बालबालिकाको संरक्षणका लागि कार्यक्रम संचालन हुने

समलिंगी तेस्रोलिंगी बालबालिकाको संरक्षणका लागि कार्यक्रम संचालन हुने

काठमाडौं (पहिचान) कार्तिक ८ – नील हिरा समाजले यौनिक तथा लैंगिक अल्पसंख्यक बालबालिकाको पहिचानका लागि कार्यक्रम सुरु गर्ने भएको छ । आफ्नो अधिकारका लागि आफै सक्षम बनुन भन्ने उद्धेश्यका साथ सेभ द चिल्ड्रेन परियोजनाको सहयोगमा समाजले बालबालिका केन्द्रीत कार्यक्रम सुरु गर्न लागेको समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले जानकारी दिइन ।

समलिंगी तेस्रोलिंगी अन्तरलिंगी बालबालिका पहिचानका लागि रणनीति बनाएर परिवार, समुदाय र बिद्यालयमा जाने ढकालले वताइन । “घर छाडेर बाहिर आएका बालबालिकालाई फेरी परिवारमा फर्काउन चुनौती छ ढकालले भनिन, परिवारले राख्दिन भन्ने या परिवारमा जान्न साथीहरुसँगै बस्छु भन्ने बालबालिका चुनौतीको रुपमा आउन सक्छन् ।”

यौनिक तथा लैंगिक अल्पसंख्यक बालबालिकालाई खुल्ने वातावरण सहितको कार्यक्रम लिएर जाने उनले वताइन । खुलेर आएकालाई विभेद र दुरव्यवहार नहोस भनेर सचेत हुनुपर्ने यो परियोजनाकी संयोजक तेस्राृलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठले जानकारी दिइन ।

सेभ द चिल्ड्रेनले यौनिक तथा लैंगिक अल्पसंख्यक बालबालिका पहिचानका लागि नील हिरा समाजसँग सहकार्य गरेको हो । यो कार्यक्रममा अभिभावक, परिवार, शिक्षक र विद्यार्थीलाई तालिम, यौन अभिमुखिकरण र अन्तरक्रिया गरेर समलिंगी तेस्रोलिंगीबारे जानकारी दिइने सेभ द चिल्ड्रेनको बालअधिकार शासन र बाल संरक्षणकी बरिष्ठ कार्यक्रम संयोजक मिना पराजुलीले जानकारी दिइन ।

समलिंगी तेस्रोलिंगी बालबालिकाको सुरक्षाका लागि अभिभावक र बिद्यार्थीको छुट्टै समुह निर्माण गरिने पराजुलीले वताइन । यो कार्यक्रम सन् २०२० जनवरीसम्म संचालन हुनेछ । कार्यक्रममा काठमाडौंका ७ वटा र बाँकेका ३ वटा बिद्यालयमा गएर तालिम, अन्तरक्रिया गरेर समलिंगी तेस्रोलिंगी बालबालिकाको अधिकारबारे जनचेतना जगाउने पराजुलीले वताइन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.