आफन्तको घर जादाँ समेत तेस्रोलिंगी असुरक्षित

आफन्तको घर जादाँ समेत तेस्रोलिंगी असुरक्षित

बर्दिया (पहिचान) कार्तिक १० – बर्दियामा आफन्तको घर गएकी तेस्रोलिंगी स्वस्तिकालाई आफ्नै साथीले बेहोस हुने गरी कुटेका छन् । स्वस्तिकाको साथी कासिम सेकले निर्घात कुटपिट गरेको भागेको नील हिरा समाजको शाखा कार्यालय सुन्दर संसादर बर्दियाले जनाएको छ ।

बाँके जिल्ला तितहिरीया गाउँबाट बर्दियामा रहेको आफन्तको घरमा जादाँ स्वस्तिकालाई कुटपिट भएको हो । उनको घाटी र टाउँकोमा चोट लागेको छ । स्वस्तिकालाई कुटपिट गरेर कासिम सेक भने भागेका छन् । कुटपिटबाट बेहोस भएकी उनलाई सुन्दर संसार संस्थाले उद्धार गरेर जिल्ला अस्पताल बर्दिया लगेर उपचार गराएको अध्यक्ष सपना चौधरीले जानकारी दिइन ।

स्वस्तिकाको चार घण्टापछि होस आएको चौधरीले वताइन । सुन्दर संसार संस्थाले कुटपिटको घटनाबारे अस्पताल परिसरमा रहेका प्रहरीलाई जानकारी गराएर कुटपिटमा संलग्नलाई कारवाही गर्न माग गरेका छन् ।

पीडित तेस्रोलिंगी स्वस्तिकाको उपचारमा लागेको सबै खर्च सुन्दर संसारको आपतकालिन कोषबाट निकालिएको अध्यक्ष चौधरीले जानकारी दिइन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.