समलिंगी तेस्रोलिंगीले उल्लासका साथ छठ पर्व मनाए

समलिंगी तेस्रोलिंगीले उल्लासका साथ छठ पर्व मनाए

बलराम चौधरी/मोरङ (पहिचान) कार्तिक ११ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यले हर्ष उल्लासका साथ छठ पर्व मनाएका छन् । तेस्रोलिंगी भएकै कारण महिला पुरुष सरह छठ पर्व मनाउन नपाउने विगतको अवस्था योदेखि अन्त्य भएको समुदायका सदस्यले वताए ।

बिगतका बर्षहरुमा तेस्रोलिंगी भएकै कारण नदिको किनारमा जान र पुजाको सामान छुन नदिने समाजका मानिसले अहिले भने महिला पुरुष सरह यो समुदायका सदस्यलाई छठ पर्वमा समावेश गरेका हुन । संस्कृतिक कार्यमा छुदा नराम्रो हुने भन्दै तेस्रोलिंगी समुदाय विभेद सहन बाध्य थिए ।

तर, अहिलेको बर्षदेखि स्वतन्त्र पूर्व आफ्नो पहिचान सहित नदिको किनारमा जान र पूजाको सामान छुन दिएकाले खुशी लागेको तेस्रोलिंगी रमिला माधुरीले वताइन । हरेक क्षेत्रमा हामीलाई समावेश गरिदैछ माधुरीले भनिन पहिलाको तुलनामा परिवर्तन आएको महसुस भएको छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.