प्रकृतिका सृजनालाई समान सम्मान दिनुपर्छ : मित्रसेन दाहाल

प्रकृतिका सृजनालाई समान सम्मान दिनुपर्छ : मित्रसेन दाहाल

काठमाडौं (पहिचान) कार्तिक १२ – कांग्रेस नेता मित्रसेन दाहालले सबै प्रकारका मानिस प्रकृतिका सृजना भएको भन्दै सबैलाई समान ढंगले सम्मान गर्नुपर्ने बताएका छन् । पहिचानसँगको कुराकानीमा नेता दाहालले समलिंगी तेस्रोलिंगीसहित सबै प्रकारका मानिसहरु प्रकृतिकै सृजना भएको बताए ।

‘यो संसारमा सबैभन्दा जेठो केही छ भने त्यो प्रकृति हो, त्यपछि प्रकृतिले सबैबस्तु सृजना गरेको हुन्,’ समाजसेवी नेता दाहालले भने, ‘समलिंगी तेस्रोलिंगी पनि अन्य मानिस जस्तै त्यही प्रकृतिका सृजना हुन् । उनीहरुलाई समान व्यवहार र सम्मान दिन सक्नुपर्छ ।’ उनले मानिसहरुबीच समान सम्मान स्थापित भएमा विकासको गति पनि तिब्र हुने बताए ।

‘मानिस आफ्नो कुण्ठा शान्त पार्नकै लागि लाग्यो भने र समान व्यवहार भएन भन्ने महसुस गर्यो भने उसले त्यसमा मात्र ध्यान केन्द्रीत गर्नसक्छ,’ दाहालले भने, ‘यदी त्यही मानिस समान व्यवहार र सम्मान प्राप्त भयो भने परिवर्तन विकास र प्रगतितर्फ लम्कन थाल्छ ।’ ओखलढुुङ्गाको प्रदेशतर्फ क निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार समेत रहेका दाहालले आफू निर्वाचित भएपछि सबैको सम्मान र समाजको प्रगतिका लागि काम गर्ने बताए ।

‘म निर्वाचित भएपछि सबैलाई सम्मान र प्रगतिको पथमा हिडाउँदै विकासको नयाँ मोडल प्रस्तुत गर्ने छुु,’ दाहालले भने ।
२०३४ सालको विद्यार्थी आन्दोलन देखि नैं राजनीतिमा सक्रिय दाहाल ४२ सालको सत्याग्रह देखि पटक पटक राजनीतिक बन्दी भएर जेलजीवन विताएका छन् ।

 

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.