राज्यले कानुन बनाए समलिंगी विवाह दर्ता गर्न तयार छौ : वडा अध्यक्ष कोइराला

राज्यले कानुन बनाए समलिंगी विवाह दर्ता गर्न तयार छौ : वडा अध्यक्ष कोइराला

8.3k
SHARES

इन्दिरा न्यौपाने/मकवानपुर (पहिचान) कार्तिक १३ – हेटौडा उपमहानगरपालिका वडा नम्वर १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले समलिंगी विवाह दर्ता गर्न सकिने वताएका छन् । पहिचानसँगको कुराकानीमा अध्यक्ष कोइरालाले राज्यले कानुन बनाए समलिंगी विवाह दर्ता गर्न दुई घण्टा पनि नलाग्ने वताए ।

“समलिंगी तेस्रोलिंगी समाजकै अंग हुन्, भेदभाव गर्नु पर्ने कुनै कारण छैन कोइरालाले भने, उनीहरुको अधिकारका लागि व्यक्तिगत तर्फबाट जुनसुकै सहयोग गर्न तत्पर छु ।” उनले समलिंगी तेस्रोलिंगी पहिचान गर्न असजिलो हुने भन्दै आफ्नो पहिचान सहित खुलेर आउन आग्रह गरे ।

समलिंगी तेस्रोलिंगीको बिषयमा राज्यले नीति बनाएर गाउँ गाउँ र टोल टोलमा जनचेतना फैलाउनु पर्ने वडा अध्यक्ष कोइरालाको भनाई छ । आफ्नो पहिचान सहित अगाडी आएमा उनीहरुलाइ चिन्न, बुझ्न र उनीहरुको समस्या न्युनिकरण गर्न सकिने उनले वताए । “शहर बजारमा त उनीहरुको जमात नै देखिन्छ तर गाउमा पारिवारिक र सामाजिक डरले खुल्न सकेका छैनन् उनले भने, बच्चा रोएपछि मात्र आमाले दुध पिलाउछिन् त्यसैले उनीहरु प्नि खुलेर अआफ्नो पहिचान सहित समस्या लिएर आएमा निराश पारेर फर्कनु पर्दैन ।”

आफ्नो वडामा अहिलेसम्म कोही पनि फरक पहिचान सहित आफुलाइ घच्घच्याउन नआएकोले उनीहरुको विषयमा केही नसोचेको उनको भनाइ छ । उनले सिंहदरवारको अधिकार अझै गाउँमा आएको अनुभव गर्न नसकेको वताए । आफ्नो कार्यकालमा समलिंगी तेस्रोलिंगीमा रहेको डरलाई हटाएर खृुलेर आउने वातावरण वनाउन भूमिका निर्वाह गर्ने कोइरालाले प्रतिवद्धता जनाए ।

कोइरालाले आफु प्रतिनिधि नहुदा पनि जनताको काम गर्दे आएको र अब त झन जिम्मेवारी नै थपिएको वताए । आफ्नो वडामा बाटो, बत्ती, खानेपानी, बृद्धिाश्रम निर्माण लगायत भुमीहिन जनताको पनि अवस्था सुदृढ गर्ने योजना रहेको वडा अध्यक्ष कोइरालाले वताए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.