ग्रामिण क्षेत्रमा अधिकार प्राप्तिको अभियान लैजानु पर्ने तेस्रोलिंगी महिला सुवेदीको सुझाव

ग्रामिण क्षेत्रमा अधिकार प्राप्तिको अभियान लैजानु पर्ने तेस्रोलिंगी महिला सुवेदीको सुझाव

बिनोद बिसी/रुपन्देही (पहिचान) कार्तिक १४ – तेस्रोलिंगी शितल सुवेदीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारको मुद्धा गाउँ गाउँमा पुर्याउनु पर्ने वताएकी छन् । नील हिरा समाजको शाखा कार्यालय महेन्द्रनगरमा कार्यरत तेस्रोलिंगी महिला सुवेदीले अधिकार प्राप्तिको अभियान शहरी क्षेत्रमा मात्र नभई ग्रामीण क्षेत्रमा पनि संचालन गर्नुपर्ने बताएकी हुन ।

कतिपय ग्रामिण क्षेत्रका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय शहरी क्षेत्रमा गएर आफ्नो पहिचान अनुसार खुलियाम हिडे पनि अधिकांश व्यक्तिहरु ग्रमीण क्षेत्रमा नै आफ्नो पहिचान अनुसार सहज रुपमा हिडन नपाएको सुवेदीको भनाई छ । उनले ग्रामिण क्षेत्रका जनमानसमा चेतनाको कमी भएको बताइन ।

तेस्रोलिंगी महिला सुवेदीले बिगत ५/६ वर्ष देखि आफु आफ्नो परिवारमा आफ्नो पहिचान अनुसार खुलेर बसेको र परिवारले छोरीको रुपमा स्विकारेकोमा खुशी व्यक्त गरिन । पहिचान अनलाईनसंग कुरा गर्दै सुबेदीले नील हिरा समाजले उत्पादन गरेको रेडियो कार्यक्रम पहिचानले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पहिचानको लडाईमा महत्वपुर्ण भुमिका खेलेको र अझै पनि पहिचान मिडिया बाहेक अन्य संचार माध्यामले चासो नदेखाएको गुनासो गरिन ।

उनले संचार माध्यम देशको चौथो अंग भएको हैसियतले ओझेलमा परेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय लगायत सम्पुर्ण पिछडिएको वर्गको लागि संचार क्षेत्रले आ आफ्नो ठाउँबाट आवाज उठाउनुपर्ने बताइन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.