निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नेपाली काँग्रेसको घोषणापत्रमा अटाए समलिंगी तेस्रोलिंगी

नेपाली काँग्रेसको घोषणापत्रमा अटाए समलिंगी तेस्रोलिंगी

896
SHARES

काठमाडौं (पहिचान) कार्तिक १५ – नेपाली काँग्रेसले आफ्नो चुनावी घोषणापत्रमा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई समेटेको छ । समलिंगी तेस्रोलिंगीले आफ्नो समुदाय समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी र द्वलिंगी समुदायलाई समेटेर प्रयोग गर्ने शब्द यौनिक तथा लैंगिक अल्पसंख्यक भन्ने शब्दावली प्रयोग गरेर नै काँग्रेसले समलिंगी तेस्रोलिंगीलाई संबोधन गरेको हो ।

कांग्रेसले आफ्नो प्रतिबद्धतापत्रको सामाजिक प्रगतिको संकल्प शीर्षकमा ४८ पृष्ठमा “लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय समलिंगी, उभयलिंगी, तेस्रोलिंगी, अन्तरलिंगीको हक अधिकार सुनिश्चित गर्दै नेपाली समाजलाई अझ सहिष्णु बनाउनु नेपाली कांग्रेसको ध्येय हुनेछ । समावेशी लोकतन्त्रको एउटा मर्म यो पनि हो ।” लेखिएको छ ।

यसबाहेक यो समुदायबारे अन्य कतै पनि प्रतिबद्धतापत्रमा उल्लेख छैन । कांग्रेसले बुधबार आफ्नो घोषणापत्र सार्वजनिक गरेको थियो ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पूर्वसन्ध्यामा मतदाता समक्ष आफ्नो पार्टीको घोषणपत्र सार्वजनिक गर्ने क्रममा कांग्रेसले समाजमा पछि परेको वर्ग यौनिक तथा लैंगिक अल्पसंख्यकलाई पनि समावेश गरेको हो ।

०७२ सालमा जारी भएको संविधानले पहिलोपटक यौनिक तथा लैंगिक अल्पसंख्यकलाई संबोधन गरेपछि दलहरुले पनि यो समुदायलाई विस्तारै आफ्नो घोषणापत्र तथा पार्टी कमिटीमा समावेश गर्न थालेका छन् ।

संविधानमा समावेश गरे पनि संविधानमा उल्लेख भए अनुसारको कानुन भने बन्न बाँकी रहेको छ । नागरिकता र राहदानी प्राप्त गरेको यो समुदाय अहिले समलिंगी विवाहलाई कानुनले मान्यता दिनु पर्ने भन्दै सरोकारवाला पक्षको ध्यानाकर्षण गर्दै आएको छ ।

संविधानको धारा १२, १८ र ४२ ले यो समुदायलाई संबोधन गरेको छ ।

नेपालमा कति यौनिक तथ लैंगिक अल्पसंख्यकको संख्या छ भन्ने यकिन तथ्यांक कसैसँग नभए पनि ८ देखि १० लाख जनसंख्या रहेको समलिंगी तेस्रोलिंगीको अधिकारका क्षेत्रमा काम गर्दै आएको संस्था नील हिरा समाजले दाबी गर्दै आएको छ ।

समाचार शेयर गर्नुहोस्
896
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.